काठमाडौं । नेपाली कांग्रेसकी प्रभावशाली नेतृ पूर्व-उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री माननिय सुजाता कोईरालाले देश आज चरम स्वास्थ्य संकटबाट गुज्रिरहेकाले नागरिकको जिवनप्रति सरकार गम्भीर हुन आग्रह गरेकी छन ।
सामाजिक सन्जाल मार्फत कोइरालाले वर्तमान परिस्थितीको अवस्थामा गम्भीर हुन सरकारलाई आग्रह गर्नु भएको हो ।
कोइरालाले लेखेकी छन’ कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ। बिरामीहरुले अक्सिजन, औषधि, बेड लगायत सामान्य स्वास्थ्य सुबिधा पनि अस्पताल बाट पाउन सक्ने अवस्था छैन। मृत्युलाइ आफ्नै अगाडी देख्दा पनि बिरामीले निरिह भएरउपचार अभाबमा टुलुटुलु हेरिरहनु पर्ने विवशता छ।
सरकारसंग पूर्व तयारीको निम्ति प्रयाप्त समय थियो तर त्यसमा गम्भीरता पुर्बक ध्यान नदिएर अन्य बिषयहरुमा अल्झिदा अहिलेको बिकराल समस्या आएको हो।तसर्थ, सरकारको सम्पूर्ण ध्यान यो महामारी संग लड्न केन्द्रित होस र अक्सिजन लगायत आबस्यक स्वास्थ्यसामग्री नियमित उपलब्ध गराई उपचारको बाताबरण सिर्जना गर्न नेपाल सरकार समक्ष कोईरालाले अनुरोध गर्नु भएको छ।
काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …
काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …