तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं। श्रीकृष्ण जन्माष्टमीका उपलक्ष्यमा ऐतिहासिक पाटन दरबारस्थित कृष्ण मन्दिर परिसरमा भव्य तयारी गरिएको छ । भाद्र कृष्ण अष्टमीका दिन सो मन्दिरमा दर्शनार्थी भक्तजनको भुइचो लाग्ने गर्दछ ।

मङ्गल टोल सुधार सङ्घका अध्यक्ष किरणमान प्रधानले दर्शनार्थी भक्तजनको सुबिधाका लागि तयारी भइरहेको जानुभयो । उहाँले भन्नुभयो, “आज मध्यरातिदेखि नै मेला भर्न भक्तजन कृष्ण मन्दिर आउने भएकाले आवश्यक तयारीमा जुटेका हौं ।” दर्शनार्थीलाई सुव्यवस्थित मेला भराइने उहाँले जानकारी गराउनुभयो ।

महिला तथा पुरुष भक्तजनलाई  छुट्टा छुट्टै लाइनमा राखिने कृष्ण मन्दिरका मूल पुजारी रुपनशर्मा राजोपाध्यायले बताउनुभयो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले मन्दिर परिस क्षेत्रमा आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।  गत वर्ष कोभिड महामारीका कारण सो मन्दिरमा मेला भर्न बन्द गरिएको थियो । पाटनमा उक्त मेलासँगै भीमसेन खटजात्रा, मच्छिन्द्रनाथ जात्रा एवमु कात्तिक नाचसमेत मञ्चन गर्ने गरिन्छ । सो कृष्ण मन्दिर मुलुकमा शिखर शैलीमा ढुङ्गैढुङ्गाबाट निर्मित २१ गजुर भएको एक मात्रै धार्मिक तीर्थस्थल हो । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …