• बुधबार, असोज-५,२०७९ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । आगामी ४ मंसिरमा तय प्रतिनिधि सभा निर्वाचन प्रत्यक्षतर्फको १ सय ६५ सिटमा सय सिट हात पर्नेगरी माग दाबी गर्न कांग्रेस नेतृत्वमाथि दबाब बढेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा सय सिट हात पर्नेगरी गठबन्धनमा आबद्ध दलबीच तालमेलसहित अघि बढ्न सुझाइएको छ ।

१६५ मा १०० सिटमा दाबी

– विपक्षी रणनीति बुझ्दै कांग्रेस

– लोसपासँग पनि सहकार्य प्रयास

‘चुनावी तालमेल गर्दा पार्टीको स्थिति विश्लेषण हुनुपर्छ, आमनेताकार्यकर्ताको भावनाअनुसार हुनुपर्छ, हामीले सभापतिलाई स्पष्ट भनेका छौं, सय सिट माग दाबी कांग्रेसले राख्नुपर्छ,’ एक पदाधिकारीले बैठकमा भएको छलफल’bout जानकारी दिँदै राजधानीसँग भने ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले भने ‘पार्टीका नेताका सुझाव र गठबन्धनमा आबद्ध दलका नेतासँग छलफल गरेर सिट बाँडफाँट’bout निर्णय हुने’ जानकारी गराएका छन् । त्यसक्रममा देउवाले ‘विपक्षी दलको रणनीतिसमेत आधार बनाएर सिट बाँडफाँट निर्णय हुने’ जवाफ दिएका छन् ।

‘पार्टी नेताका सुझाव र गठबन्धनमा आबद्ध दलका नेतासँग छलफल गरेर सिट बाँडफाँट निर्णय हुन्छ भन्ने सभापतिको धारणा छ,’ ती नेताले भने, ‘मुख्य कुरा विपक्षी दलको रणनीतिसमेत आधार बनाएर सिट बाँडफाँटको निर्णय हुने सभापतिको दृष्टिकोण देखियो ।’

बैठकमा कांग्रेस सभापति देउवा गठबन्धनभित्रका शक्ति जोगाएर र बढीभन्दा बढी सिट जित्नेगरी सिट बाँडफाँट गर्नेगरी प्रस्तुत भए । कार्यदलको पहिलो बैठक बस्नुअघि नै देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसँग सिट बाँडफाँट’bout धारणा बुझेका हुन् ।

कांग्रेस महामन्त्री गगनकुमार थापाका अनुसार बैठकमा नेताहरूले आ–आफ्ना धारणा सुनाएको र थप छलफल हुँदै जानेछन् । ‘बैठकमा नेताका आफ्ना धारणा आएको छ, थप छलफल हुँदै जान्छ,’ थापाले भने ।

बैठकमा कांग्रेस एक्लै चुनाव लड्दा पनि ८० देखि ८५ सिट जित्ने आँकलन’bout प्रधानमन्त्रीसमेत रहेका देउवालाई नेताहरूले पुनः ‘ब्रिफिङ’ गरेका थिए ।

बैठकमा नेता विलेन्द्र निधिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि सत्तारूढ गठबन्धनमा ल्याउनुपर्ने राय राखेका थिए । सो विषयमा प्रधानमन्त्री देउवा पनि सकारात्मक रहँदै आएका छन् ।

आइतबार मात्रै देउवाले लोसपा अध्यक्ष महन्थ ठमाकुरसहितका शीर्षनेतालाई सरकारी निवास बालुवाटार बोलाएर भेट वार्ता गरेका थिए ।

सोक्रममा गठबन्धनमा आबद्ध पाँच दलको निर्णयबाटै ‘लोसपालाई गठबन्धनभित्र जोड्ने’ वचन प्रधानमन्त्री देउवाले लोकपा नेतालाई दिएको बताइएको छ । सो विषयमा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणबाट फर्किएपछि छलफल अघि बढाउने देउवाले लोसपाका नेतालाई भनेका छन् ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत सरकारले आगामी ४ मंसिरमा १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा ‘एकै दिन एकै चरण’मा निर्वाचन गर्ने निर्णय गरेको थियो ।

मिति घोषणा भएको भोलिपल्टै शुक्रबार बसेको पाँच दलीय बैठकले ‘गठबन्धनभित्र सिट बाँडफाँट’का लागि ११ सदस्यीय कार्यदलसमेत बनाएको थियो । राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

फल्चाले वोलायो !

फल्चाले वोलायो !
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …