तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । खोटाङको सदरमुकाम दिक्तेलमा कांग्रेस नेता मणिराम दाहालको मृत अवस्थामा शव फेला परेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १ हाटडाँडामा बस्दै आउनुभएका ट्रेड युनियन खोटाङका पूर्व अध्यक्ष तथा क्षितिज सहकारी संस्थाका अध्यक्ष ६३ बर्षीय मणिराम दाहालको आफ्नै डेरामा जेठ १३ गते मृत अवस्थामा शव फेला परेको हो ।

मृत दाहालको शवलार्ई जिल्ला अस्पताल दिक्तेलमा आजै पोस्टमार्टम गरिएको छ। दाहालको मृत्यु संस्कास्पद भन्दै आफन्तले प्रहरी प्रशासनलाई छानबिनका लागि जाहेरी दिएको छ ।

प्रहरीले सर्जिमिन मुचुल्का तयार गरिसकेपछि मृतक दाहालको मोबाइल फोन खाटबाट हराएको समेत जनाइएको छ । यसरी अकस्मात मोबाइल फोन गायव हुनु, मृतकको शरीर र चेहरामा निलडाम तथा रगतको टाटो हुनु, मृतकको सरीरको माथिल्लो भाग लगायत टाउको अस्वाभाविक रुपमा सुन्निनु, घटना भएको घरको झ्याल ढोका खुल्लेै रहनुले हत्या भएको हुन सक्ने भन्दै पोस्टमार्टम गर्नुभन्दा अगाडि मृतकका छोरा दिपक दाहाल कानुनी लडाइ लडेर दोषीलाई कारबाही दिलाउन कुनै कसर बाँकी नराख्ने बताए ।

यदि आफ्नो पिताको स्वभाविक मृत्यु नभएर हत्याको कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टबाट देखिन आए दोषी पत्ता नलागेसम्म अन्तिम संस्कार नगर्ने छोरा दिपकको भनाई छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले प्रहरीले अनुसन्धान गरिरहेको हुँदा छिट्टै सत्यतथ्य बाहिर सार्बजनिक गरिने बताउनुभएको छ ।

नेपाली कांग्रेसको निष्ठावान, सरल र निष्कलंक पुराना नेताका रुपमा स्वर्गीय मणिराम दाहाललाई स्मरण गर्दै जिल्लास्थित कांग्रेसका नेताहरुले दाहालको मृत्यु स्वभाविक नभएर रहस्यात्मक र शंकायुक्त पाइएको भन्दै सम्बन्धित निकायलाई गम्भिरतापूर्वक यो घटनाको अनुसन्धान र छानविन गर्न माग गरेकाछन् ।

खोटाङ कांग्रेसका सभापति बिष्णुकुमार राईले सामाजिक सञ्जाल मार्फत मणिराम दाहाल पंचायतकालिन प्रतिवन्धित अवस्थादेखि नै नेपाली कांग्रेसमा आस्था राख्दै कांग्रेसको संगठनलाई ग्रामिण क्षेत्रमा सुदृढ गराउने अग्रजका रुपमा उल्लेख गर्दै मृतक दाहालप्रति सकसपूर्ण मानसिकतामा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …