तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं। धेरैपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । सधैँ राताम्ये हुने शेयर बजारले हरियो रङ देखाउँदा पनि लगानीकर्ता खुसी हुने वातावरण बनेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको हो । कूल १३.३७ अङ्कले उकालो लागेर नेप्से दुई हजार ३५७.२४ मा पुगेको छ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.६१ अङ्कले उकालो लागेर ४४७.७६ मा पुगेको छ । नेप्से उकालो लागे पनि कारोबार रकम भने बढ्न सकेन । कूल २२९ कम्पनीको ३२ लाख १३ हजार १९५ कित्ता शेयर एक अर्ब ३२ करोड ६८ लाख ६५ हजार ९३२ मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार मङ्गलबार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ६.०३, व्यापार ०.८७, होटल तथा पर्यटन ३१.१४, विकास बैंक ३२.८९, जलविद्युत् ११.२४, वित्त ७.८६, निर्जीवन बीमा ६२.४४, उत्पादन २४.६२, अन्य १९.४५, लघुवित्त ३३.१९, जीवन बीमा ९७.६६, सामूहिक लगानी कोष ०.०८ र लगानी ०.४ अङ्कले उकालो लागेको छ । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ३३ खर्ब ४३ अर्ब ८३ करोड ५३ लाख ६४ हजार ९९२ बराबर पुगेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु छ करोड ३० लाख ६७ हजार ३८५ बराबरको कारोबार भयो । यस्तै, हिमालयन डिस्टिलरी रु चार करोड ३५ लाख ९० हजार ५७२, महालक्ष्मी विकास बैंक तीन करोड ८३ लाख २१ हजार, अरुण भ्याली हाइड्रोपावर तीन करोड ५५ लाख ७३ हजार ३६९ र अपि पावर कम्पनी तीन करोड ३८ लाख ४४ हजार ४८१ मूल्यमा खरिद बिक्री भई शीर्ष स्थानमा रहे ।

हरियाली छाएको बजारमा नेष्डो समृद्ध लघुवित्त र ग्रीन भेञ्चर लिमिटेडको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भएर सकारात्मक सर्किट लाग्यो । मेगा म्युचुअल फण्ड एक ५.४२, शिवश्री हाइड्रोपावर ४.२९ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ३.८९ प्रतिशतले कमाए ।

त्यस्तै दिव्यश्वरी हाइड्रोपावर ८.८२, कालिका लघुवित्त वित्तीय संस्था ३.६४, प्रुडेन्सियल इन्स्योरेन्स २.९९, एनआइसी एशिया ब्लालेन्स फण्ड २.४१ र स्वाभिमान लघुवित्तका लगानीकर्ताले २.३८ प्रतिशतले गुमाए । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …