तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आगामी स्थानीय तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच सहमति कायम गरी अगाडि बढ्ने निर्णय भएको जानकारी दिनुभयो ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले जिल्ला तहमा जिल्ला कार्यदल निर्माण गरी प्रमुख, उपप्रमुख, वडाध्यक्ष, सदस्य आपसी सहमतिबाट निर्णय हुने बताउनुभयो ।

उहाँले विराटनगरको विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउनका लागि जग्गा अतिक्रमणका लागि मात्र  रु १६ अर्ब विनियोजन भएको जानकारी दिनुभयो ।  

 एक प्रश्नको जवाफमा मन्त्री आलेले दैनिक २२ उडान हुने विमानस्थलमा यात्रु शौचलय, टर्मिनल भवन    लगेज बेल्टको लागि  बजेट विनियोजन  गरेको बताउनुभयो । उहाँले  विराटनगरबाट दैनिक रुपमा लुक्लाको उडान चाँडै सञ्चालनका लागि निर्देशन दिएको जानकारी दिनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …