तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धनबीचको एकता स्थानीय तहको निर्वाचनसम्म कायमै रहने दाबी गर्नुभएको छ । समाजवादी प्रेस सङ्गठन, नुवाकोटले विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा आज अध्यक्ष नेपालले तोकिएको मितिमा स्थानीय तहको चुनाव हुने र त्यसमा अहिले कायम रहेको सत्तारूढ गठबन्धनबीच चुनावी तालमेल कायम रहने विश्वास व्यक्त गर्नुभयो । 

उहाँका अनुसार शक्तिको उचित मूल्याङ्कन गर्दै चुनावी गठबन्धन र तालमेलका क्रममा अरु पार्टीको सहरामा नभई आफ्नै शक्तिको सहरामा चुनावमा उठ्न अहिले पार्टी कमिटी निर्माणलाई तीव्र बनाइएको छ ।

“यो गठबन्धन छ महिना टिक्दैन भन्नेलाई आफ्नो पार्टी चुनावी गठबन्धनमा जान तयार छौँ”, उहाँले भन्नुभयो, “चुनावी गठबन्धनको नाममा अरुको सहारामा होइन, आफ्नो सहारामा चुनावमा उठ्नका लागि, आफ्नो शक्तिमा चुनावमा उठ्नका लागि, पार्टी कमिटी निर्माण गर्ने काममा जुटेका छाँै । शक्तिको उचित मूल्याङ्कन गर्दै वस्तुवादी भएर संयमता अपनाएर ‘अरुलाई पनि हामी, हामीलाई पनि अरु’ आवश्यक रहेको सन्देशका साथ चुनावी तालमेल गर्न लागेका छौँ ।”

जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले अमेरिकी अनुदानको कार्यक्रम ‘एमसिसी’ संसद्बाट अनुमोदन गर्न आफ्नो पार्टीसहितको सत्तारूढ वाम पार्टीले जस्ताको तस्तै पास हुनबाट रोक्न सफल भएको बताउनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …