तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खलङ्गा। खानेपानी मन्त्री उमाकान्त चौधरीले जुम्लास्थित बृहत् धौलीगाड खानेपानी आयोजना निर्माण अब सरकारको प्रथामिकता परेको बताउनुभएको छ ।

सो आयोजना शिलान्यासका लागि यहाँ आउनुभएका मन्त्री चौधरीले भन्नुभयो, “निर्माण प्रक्रिया अघि बढेको छ । समयमै खानेपानी निर्माण हुनेमा विश्वास लिएको छु ।” धौलीगाड खानेपानी आयोजना रु एक अर्ब २६ करोड लागतमा निर्माण हुने खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सूर्यराज कँडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “चन्दननाथ नगरपालिकासहित गुठीचौर र तातोपानी गाउँपालिकाका ४४ हजार १६३ घरधुरी धौलीगाड खानेपानी आयोजनाबाट लाभान्वित हुने छन् ।” सदरमुकाम खलङ्गादेखि १५ किलोमिटर दूरीमा रहेको पानीको मुहानबाट प्रतिसेकेन्ड ५५ लिटर पानी ल्याउने डिजाइन स्टिमेटमा उल्लेख गरिएको मन्त्रालयका सचिव सुरेश आचार्यले बताउनुभयो ।

जुम्लाका लागि धौलीगाड बृहत् खानेपानी आयोजना निर्माण निश्चित हुने भएकाले यहाँका खानेपानीबाट बञ्चित भएका स्थानीयवासीलाई निकै राहत पुग्ने कर्णाली प्रदेशका पूर्व कानुनमन्त्री नरेश भण्डारीले बताउनुभयो । ३८ लाख ४५ हजार ६९९ लिटर पानी प्रतिदिन घरायसी खपत हुने बताइएको छ । संस्थागत ३ लाख ८४ हजार ५६९ लिटर प्रतिदिन पानी खपत हुने आयोजना प्रमुख महेश न्यौपानेले जानकारी दिनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …