तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

चन्द्रौटा। गृहमन्त्री बालकृष्ण खाँडले एमसिसी परियोजनाअन्तर्गत नेपालमा अमेरिकी सेना आउने कुरा भ्रम भएको बताउनुभएको छ । अनुदानकै कारण जनमानसमा नेपालमा अमेरिकी सेना आउने भ्रम रहेको भन्दै उहाँले कुनै पनि देशको सेना आए आफू अग्रपङ्क्तिमा बसेर लड्नसमेत तयार रहेको बताउनुभयो ।

कपिलवस्तुको वाणगङ्गा नगरपालिका जितपुरमा १२औँ कपिलवस्तु महोत्सवको उद्घाटन कार्यक्रममा गृहमन्त्री खाँणले एमसिसी परियोजना विद्युत् र सडकको परियोजना रहेको स्पष्ट गर्नुभयो ।

उहाँले जलस्रोतको धनी मुलुक नेपालमा ठूला र साना गरी छ हजार नदी भए पनि पूर्णरूपमा जलविद्युत् उत्पादन गर्न नसकेको बताउनुभयो । “वर्षायाममा धेरै विद्युत् उत्पादन भई खेर जाने समस्या छ, हिउँदमा नपुगेर भारतबाट ल्याउनु परेको छ”, उहाँले भन्नुभयो, “नेपालमा उत्पादन भएको विद्युत् बाहिर बिक्री गर्न सकिए व्यापार घाटा कम हुन्छ ।”

उहाँले सरकार व्यवसायीमैत्री रहेको हुँदा उद्योग व्यवसायीको समस्यामा सहयोग गर्ने सरकारको दायित्व रहेको बताउनुभयो । सरकार र जनता एउटै सिक्काको दुई पाटो रहेको जनाउँदै उहाँले सबैलाई सहयोग गर्ने विश्वास साट्न चाहेको बताउनुभयो । कपिलवस्तु महोत्सव चैत १३ सम्म चल्नेछ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …