तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

भक्तपुर। चागुनारायण नगरपालिकाद्वारा सञ्चालित नगर अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ । चाँगुनारायण नगरपालिका–४ हुचीढुङ्गामा २०७७ मङ्सिरबाट सञ्चालनमा ल्याएको चाँगुनारायण नगर अस्पतालमा सञ्चालनमा आएको अक्सिजन प्लान्टको सोमबार नगरप्रमुख सोमप्रसाद मिश्रले उद्घाटन गर्नुभयो ।

चाँगुनारायण फाउण्डेशनको ६० प्रतिशत र नगरपालिकाको ४० प्रतिशत लगानीमा जडान गरिएको अक्सिजन प्लाण्टको उद्घाटनपछि बोल्दै उहाँले नगर अस्पतालको सेवा सुविधालाई गुणस्तरीय बनाउन नगरपालिकाले आवश्यक बजेट विनियोजन गरेर लागिरहने बताउनुभयो ।

नगरप्रमुख मिश्रले भन्नुभयो, “कोरोना महामारीले अकल्पनीय दुःखद् घटनाको सिर्जना गरायो, कोरोना महामारीको दोस्रो लहरमा अक्सिजनको अभावले आफ्नै आँखा अगाडि धेरै चिनेजानेकाहरूको ज्यान गयो, त्यसपछि चाँगुनारायण नगरपालिकाले नगर अस्पतालमा अक्सिजन प्लाण्ट स्थापना गर्ने निर्णय गरेर अस्पतालमा रु एक करोड ५७ लाख बराबरको अक्सिजन प्लाण्ट जडान गरी सुरु गर्न सफल भएका छौँ ।”

नगरपालिकाले सबै स्वास्थ्यचौकी र नगर अस्पतालमा कोरोना भाइरसविरुद्धको खोप सञ्चालन गरेर १०५ प्रतिशतभन्दा बढीलाई खोप दिलाउन सफल भएको बताउँदै स्थापना दिवसमा कोरोनाविरुद्धको पूर्ण खोपयुक्त नगरपालिका घोषणा गरिने बताउनुभयो । चाँगुनारायण नगरपालिकाका बासिन्दाले अब अस्पतालमा अक्सिजन नपाएर वा शय्या नपाएर ज्यान गुमाउनुपर्ने अवस्था नआउने दाबी गर्दै उहाँले स्वास्थ्य र शिक्षामा नगरपालिकाले धरै प्रगति गरेको चर्चा गर्नुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चौलागाईँले अस्पतालमा गुणस्तरीय सेवा सञ्चालन गर्दै यसको व्यवस्थापनमा नगरपालिकाले सक्दो सहयोग गर्ने बताउनुभयो । उहाँले नगरवासीको भरोसालाई कायम राख्ने बताउनुभयो । अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष साधुराम दाहालले अस्पतालसम्म पुग्ने सडकको स्तरोन्नति अत्यावश्यक रहेको भन्दै यसमा नगरपालिकाले चासो दिनुपर्ने औँल्याउनुभयो ।

त्यस अवसरमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं चाँगुनारायण नपा–४ का वडाध्यक्ष बुद्धिलाल महर्जनले अस्पतालाई अझ व्यवस्थित गर्दै सबै सेवाको पहुँच पुग्ने गरी विकास गर्नुपर्ने आवश्यकता अझै रहेको बताउनुभयो । फाउण्डेशनका अध्यक्ष मणिराज खत्रीले नेदरल्याण्डस्थित स्टिचिङ नेपाल नामक संस्थाको समन्वयमा प्लाण्ट स्थापना गर्न सफल भएको बताउनुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …