तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

जनकपुर। लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं पूर्व राष्ट्रियसभा सदस्य वृशेषचन्द्र लाल, संविधासभा सदस्य विजयकुमार सिंहलगायतका नेता कार्यकर्ताहरू लोसपा परित्याग गरी तराई मधेस लोकतान्त्रिक पार्टीलाई ब्युँताउने उद्घोष गरेसंगै लोसपा टुक्रिएको छ ।

‘बृहत् राजनीतिक शक्ति निर्माणको नाममा सरकारहरु बनाउन भएका एकीकरण वा विभाजनले मधेसकेन्द्रित दलहरुको अस्तित्व नै रहेन । नेतृत्व पंक्ति मधेस केन्द्रित नामबाटै तर्सिने काम गर्न थालेका छन् । स्वाभवत : लोकतन्त्रवादी मधेसी जनतालाई वामपन्थीको खोल ओढाउन थालिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै संविधानसभा सदस्य विजयकुमार सिंहले मधेसकेन्द्रित दलले आफूलाई राष्ट्रिय दल देखाउन आफ्नो नामबाट मधेस शब्द झिकेको बताए । उनले भने, ‘क्षेत्रीयता बना संघीयता सफल हुन सक्दैन । हाम्रो दल क्षेत्रीय दल हुने छ । क्षेत्रीयतामार्फत हामी राष्ट्रिय एकताको उद्घोष गर्छौ । क्षेत्रको विकासमार्फत राष्ट्रको विकास गर्छौ ।’

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …