• शनिवार, जेठ-७,२०७९ |
  • तपाईंको आगमन
  • हाम्रोबारे
  • हाम्रो समूह
  • सम्पर्क पृष्ठ

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । सत्तारूढ दलहरू स्थानीय तहको निर्वाचन स्थानीय तह जनप्रतिनिधिविहीन हुनुअगावै गर्न तयार भएका छन् ।

निर्वाचन आयोगको निरन्तरको दबाबपछि सत्ता गठबन्धनमा आबद्ध रहेका दलहरू स्थानीय तहको निर्वाचन ५ जेठअघि नै गर्न तयार भएका हुन् । ५ जेठ २०७९ बाट स्थानीय तहतर्फ निर्वाचित जनप्रतिनिधिको पदावधि सकिँदै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको गठबन्धनको बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समयमा नै स्थानीय तहको निर्वाचन गर्ने विषयमा बैठकमा सहमति बनेको बताए ।

स्थानीय तहको पदावधि सकिनुअघि नै निर्वाचन गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति जुटेको छ, मितिको विषयमा अर्को बैठकमा निर्णय हुन्छ

ज्ञानेन्द्रबहादुर कार्की, सरकारका प्रवक्ता

‘स्थानीय तहको पदावधि सकिनुअघि नै निर्वाचन गर्ने विषयमा सत्ता गठबन्धनमा सहमति जुटेको छ, मितिको विषयमा अर्को बैठकमा निर्णय हुन्छ,’ सरकारका प्रवक्ता मन्त्री कार्कीले भने ।

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले स्थानीय तहको निर्वाचन वैशाखमा नै गर्ने विषयमा प्रधानमन्त्री प्रतिबद्ध रहेको र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीले मनाएपछि निर्वाचन वैशाखमा नै हुने तय भएको जानकारी दिए ।

‘कांग्रेस स्थानीय तहको पदावधि सकिनुअगावै निर्वाचन गर्न तयार थियो, गठबन्धनमा केही मतभिन्नता थिए तर प्रधानमन्त्रीले ती मतभिन्नतालाई तोडेर स्थानीय तहको पदावधि सकिनुअगावै वैशाखमा नै निर्वाचन गर्ने विषयमा सबैलाई सहमत गराएपछि सहमति बन्यो,’ प्रधानमन्त्री देउवानिकट रहेका नेता विश्वकर्माले राजधानीसँग भने ।

कांग्रेस स्थानीय तहको पदावधि सकिनुअगावै निर्वाचन गर्न तयार थियो । गठबन्धनमा केही मतभिन्नता थिए तर प्रधानमन्त्रीले ती मतभिन्नतालाई तोडेर स्थानीय तहको पदावधि सकिनुअगावै वैशाखमा नै निर्वाचन गर्ने विषयमा सबैलाई सहमत गराउनुभएको छ

मीन विश्वकर्मा, कांग्रेस नेता

उनका अनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मितिको टुंगो लगाउने सम्भावना छ । निर्वाचन एकै चरणमा गर्ने विषयमासमेत प्रधानमन्त्री तयार देखिएको उनले बताएका छन् ।

‘स्थानीय तह निर्वाचन एकै चरणमा हुन्छ, त्यसका लागि केही निर्वाचन कानुन संसद्बाट पास गर्नुपर्नेछ । अब प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि त्यसका लागि सहयोग गरेर संसद् सुचारु गर्नुपर्छ, त्यसपछि देश निर्वाचनमा जान्छ,’ विश्वकर्माले अघि थपे ।

निर्वाचन आयोगले भने ९ पुसमा नै सरकारसमक्ष एकै चरणमा सम्भव भए १४ वैशाख र दुई चरणमा गर्नुपर्ने अवस्था आए १४ र २२ वैशाखको मिति स्थानीय तहको निर्वाचनका लागि प्रस्ताव गरिसकेको छ ।राजधानी दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
लेख रचना/कबिता

गरिबको नाम बेचेर डलर पचाउदै एनजीओ

गरिबको नाम बेचेर डलर पचाउदै एनजीओ
पत्रपत्रिका

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …

प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिन्छ : अध्यक्ष दाहाल

चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …

प्रेस स्वतन्त्रता सेनानी झा पुरस्कृत

सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …