तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

वालिङ ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले आन्तरिक प्रतिस्पर्धालाई बिर्सेर आगामी निर्वाचनको तयारीमा लाग्न आग्रह गर्नुभएको छ ।

कांग्रेस स्याङ्जा क्षेत्र नं २ ले वालिङमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्नुहुँदै नेता श्रेष्ठले पार्टीको १४औँ महाधिवेशनमा भएका आन्तरिक प्रतिस्पर्धालाई भुलेर आगामी निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

“पार्टीको आन्तरिक निर्वाचनमा जेजे भयो भयो त्यो कुरा बिर्सेर अगाडि बढ्नुपर्छ”, नेता श्रेष्ठले भन्नुभयो, “अब पार्टीमा विजयी हुनेले उपविजेताको मतलाई पनि सम्मान गरेर सँगसँगै जानुपर्छ ।” पार्टीको आन्तरिक निर्वाचनका क्रममा भएका विषयलाई बिर्सेर आआफ्नो कमजोरी सुधार गर्दै विपक्षीसँग लड्नका लागि तयारी गर्नुपर्ने बेला भएकाले त्यतापट्टि ध्यान दिन उहाँले नेता कार्यकर्तालाई सुझाव दिनुभयो ।

पार्टीको १४औँ महाधिवेशनबाट युवाको आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो । पार्टीलाई कुनै कम्पनी जस्तो होइन सबै अट्ने र सबैको भावना समेटेर जानुपर्ने नेता श्रेष्ठले जोड दिनुभयो । कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेस क्षेत्र नं २ का सभापति दिलीपप्रताप खाँणले नेपाली कांग्रेसको सङ्गठनलाई टोलटोलमा विस्तार गर्ने बताउनुभयो । उहाँले पार्टीमा विजेता उपविजेता सबै एकबद्ध भएर आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाउने गरी लाग्ने प्रतिबद्धता जनाउनुभयो ।

कांग्रेस जिल्ला सचिव गुरुप्रसाद भट्टराई, स्याङ्जा २ ‘ख’ का सभापति महेश भट्टराई, क्षेत्रीय सचिव फणिनारायण रेग्मी, कांग्रेस वालिङ नगर उपसभापति सीता थापालगायतले टोलदेखि केन्द्रसम्मका नेता कार्यकर्ता पार्टीको सङ्गठन विस्तारमा थप सशक्त भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …