तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

पाल्पा । होटल तथा रेष्टुरेण्टमा प्रयोग गरिएको तेलमा टोटल पोलार मटेरियलको मात्रा अधिक रहेको भेटिएको छ । खाना पकाउन तथा तार्नका लागि टोटल पोलार मटेरियल २५ प्रतिशतभन्दा माथि हुनुहुँदैन । 

स्थानीय होटल रेष्टुरेण्टहरूमा टोटल पोलार मटेरियल २५ प्रतिशतभन्दा माथि भएमा खानाका लागि अनुचित हुन्छ । सिद्धार्थ राजमार्ग क्षेत्रका होटल तथा रेष्टुरेण्टहरूमा खाना पकाउन प्रयोग हुने तेल गुणस्तरहिन भेटिएकाले अयल टेस्टमिटर प्रयोग गरी गुणस्तर परीक्षण गरिएको थियो । उक्त तेलबाट पकाइएका खाद्यबस्तु स्वास्थ्यका लागि हानिकार रहेको जनाइएको छ । 

तानसेन नगरपालिको गौणे पुलदेखि प्रभाषसम्म २४ होटल तथा रेष्टुरेण्टमा खाने तेलको परीक्षण गरेको थियो । अनुगमन गर्दा तीन होटल तथा रेष्टुरेण्टमा प्रयोग गरिएको तेलमा टोटल पोलार मटेरियल २५ प्रतिशतभन्दा माथि रहेको भेटिएको थियो, जस्लाई नेपाल सरकारले मान्यता दिएको छैन ।

त्यस्ता वस्तुलाई जफत गरी स्थानीय प्रशासनले नियन्त्रणमा लिनाका साथै खान योग्य तेल प्रयोग गर्न सचेत गराएको थियो । टोटल पोलार मटेरियल बढी रहेका करिब छ लिटर तेल संयुक्त अनुगमन टोलीले नष्ट गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख नरेश श्रेष्ठले बताउनुभयो ।

यसैगरी तारेका खानेकुरा पत्रिकामा राख्दा अक्षरहरु लागि  प्रयोग गरिएको मसीको रसायनले खाद्य वस्तुलाई असर गर्ने भएकाले त्यस्ता बस्तुको सेवनले पनि मानव स्वास्थ्यलाई हानिकार हुने प्रमुख श्रेष्ठले बताउनुभयो । 

जिल्ला  उद्योग वाणिज्य संघका प्रतिनिधि सरोज शाक्यले व्यवसायीलाई गुणस्तरीय बस्तु प्रयोग गरी किनबेच गर्न अनुरोध गर्नुभयो । रासस    

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …