तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। नेता गगन थापाले कम्युनिष्ट पार्टीहरु नमिले मात्रै कांग्रेस पहिलो पार्टी बन्ने अवस्था रहेको बताएका छन् ।

‘हिजो कांग्रेसकै सरकारमा सामेल भएका कम्युनिष्ट पार्टीहरु अर्को कम्युनिष्ट पार्टीसँग गठबन्धन गरेर चुनाव लडे । कसैले जिम्मेवारी लिन सक्छ कम्युनिष्ट पार्टीहरु मिल्दैनन् भनेर ? हिजो हामीसँग सरकारमै थिए । कसरी रातारात मोर्चाबन्दी गरे ?,’ नेता थापाले भने ।

बुधबार महाधिवेशन प्रतिनिधिहरुका लागि आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै नेता थापाले भने,’ हामी निर्वाचन निर्वाचन भन्छौं । अबको एक वर्षमा मंसिरभित्रमा चुनाव हुन्छ । त्यो निर्वाचनमा कांग्रेस कम्युनिष्ट पार्टीहरु मिलेनन् भने मात्रै चुनाव जित्छ । मधेशका पार्टी मिलेनन् भने मात्रै चुनाव जित्छ ।’

उनले नयाँ मतदाताहरु आकर्षित गर्नुपर्ने पनि बताएका छन् ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …