तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

झापा। पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा आज बिहानैदेखि भक्तजनको ओइरो लाग्न थालेको छ । बाला चतुर्दशीको अवसर पारेर मन्दिरमा लगाइएको ३९औँ महापुराण सफल पार्न र आफ्ना दिवङ्गत पितृको नाममा दीप प्रज्वलन गर्न भक्तजनको ओइरो लाग्न थालेको हो । आज साँझ दीप प्रज्वलन गर्ने र रातभर जग्राम बस्ने भक्तजनका लागि बस्न पालको व्यवस्था गरिएको अर्जुनधारा जलेश्वर धाम विकास समितिका कोषाध्यक्ष मोहन जोशीले बताउनुभयो ।

उहाँका अनुसार मङ्सिर १० गतेदेखि सुरु भएको महापुराणको आज सातांँै दिन साँझ गङ्गा आरती गरिने छ । आरतीमा सहभागी हुन पूर्वी नेपालका विभिन्न स्थानबाट करिब एक लाख भक्तजन आउने अनुमान गरिएको छ । विगतमा बाला चतुर्दशीका दिन भारतको सिक्किम, दार्जलिङ, सिलिगुढी, विहारलगायत स्थानबाट भक्तजन आउने गरेकामा कोभिड–१९ का कारण अघिल्ला वर्षहरूमा जस्तो उलेख्य मात्र सहभागिता हुन नसक्ने कोषध्यक्ष जोशीको भनाइ थियो ।

धार्मिक पर्यटन क्षेत्रमा नेपालको १००औँ सूचीमा समावेश भएको यस धामको विकास र प्रवद्र्धनका लागि गुरुयोजना तयार गरेर काम भइरहेको छ । धामले विगतमा मन्दिरको दक्षिण क्षेत्रमा साँढे चार विघा जमिन खरिद गरेर गुरुयोजना अनुसार कार्य गरिरहे पनि जग्गा अपुग भएका कारण थप १० कठ्ठा जमिन खरिद गरिएको थियोे ।

रु एक करोड २० लाखमा खरिद गरिएको जग्गाको रकम तिर्नका लागि यो महापुराणबाट सहयोग पुग्ने अपेक्षा गरिएको छ । समितिले घरदैलो कार्यक्रम नै गरेर रु ७५ लाख जम्मा गरिसकेको र बाँकी रु ७५ लाख यही बाला चतुर्दशीको अवसरमा लगाइएको पुराणबाट सङ्कलन हुने अपेक्षा गरिएको छ। मेलालाई सफल पार्नका लागि सुरक्षा व्यवस्था, बिजुली बत्ती, सवारी पार्किङको व्यवस्थालगायत सबैको तयारी भइसकेको जनाइएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …