तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत ३० जिल्लाको अधिवेशन सकिएको छ । ती जिल्लामा सभापतिसहित जिल्ला कार्यसमिति र केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको टुंगो लागिसकेको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार दोस्रो चरणमा १६ जिल्लाको अधिवेशन भएको हो । १४ हिमाली जिल्लाको अधिवेशन त्यसअघि नै भइसकेको थियो ।

३० जिल्लाको परिणाम आउँदा सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ । देउवा पक्षले १६ जिल्लामा सभापति जितेको छ । त्यस्तै, १४ जिल्लामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरू जिल्ला सभापतिमा चुनिएका छन् ।

केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले पछिल्लो पटक ओखलढुंगा सभापतिमा तेजेन्द्र खनाल, रुकुम पश्चिम सभापतिमा प्रेमप्रकाश वली, डोटी सभापतिमा नरेन्द्रबहादुर सिंह, डोल्पा सभापतिमा दीपेन्द्रबहादुर शाही, जुम्ला सभापति कर्णबहादुर शाही र जाजरकोट सभापतिमा बेदराज सिंह निर्वाचित भएको जानकारी दिए । त्यस्तै, तेह्रथुम सभापतिमा अर्जुनबहादुर तुम्बाहाङ्फे र रोल्पा सभापतिमा किशोर आचार्य निर्वाचित भएका छन् ।

संस्थापन पक्ष अर्थात् देउवानिकट सभापतिहरू

डोटी – नरेन्द्रबहादुर सिंह

डोल्पा– दीपेन्द्रबहादुर शाही

जुम्ला – कर्णबहादुर शाही

जाजरकोट – बेदराज सिंह

ओखलढुंगा– तेजेन्द्र खनाल

लमजुङ – टकराज गुरुङ

डडेलधुरा – भीमबहादुर साउद

पाँचथर – रुपनारायण जवेगु

सल्यान – केसबहादुर बिष्ट

मनाङ – शंकर गुरुङ

बझाङ – खडक बोहरा

हुम्ला – मोहनविक्रम सिंह

ताप्लेजुङ – गजेन्द्र तुम्याहाङ

रामेछाप – कान्छाराम तामाङ

मुगु – ऐनबहादुर शाही

म्याग्दी – खमबीर गर्बुजा

पौडेल समूहनिकट सभापतिहरू

रोल्पा –किशोर आचार्य

रुकुम पश्चिम– प्रेमप्रकाश वली

तेह्रथुम–अर्जुनबहादुर तुम्बाहाङ्फे

भोजपुर – विनोद बान्तावा

प्यूठान – विष्णुकुमार गिरी

अर्घाखाँची – केशव श्रेष्ठ

बैतडी – चतुरबहादुर चन्द

रुकुमपूर्व – केशरमान रोका

मुस्ताङ – रोमी गौचन थकाली

संखुवासभा – दीपक खड्का

गोरखा – नन्दप्रसाद न्यौपाने

दोलखा – बर्मा लामा

कालीकोट – अम्मबहादुर शाही

बाजुरा – रामसिंह रावल

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …