तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

चितवन। तराईमूलका बासिन्दाको पर्वको रुपमा रहेको छठले पछिल्लो समय तराई र पहाडलाई जोडने काम गरेको छ । छठ पूजामा पहाडीमूलका समुदायको सहभागिता बढ्दै गएपछि यसले सेतुको काम गरेको हो ।

जिल्लाको छठपूजा हुने मुख्य स्थान नारायणी नदी किनारमा बिसं २०२२ मा सात–आठजना मात्रै भक्तजन हुने गर्दथे । अहिले उक्त स्थानमा हजारौं भक्तजनले छठपूजा गर्ने गरेको जानकार बताउँछन् । सुरुआती समयमा तराईमूलका समुदायले मात्र मनाउँदै आएको यो पर्व पछिल्लो समयमा अन्य मूलका समुदायले पनि मनाउन थालेपछि भक्तजनको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भएको हो ।

विषेशगरी पहाडी मूलका समुदायको यसपर्वतर्फ आकर्षण बढ्दै गएको पाइन्छ । विसं २०२२ मा सात–आठ परिवार मात्रै पूजा गर्नुहुने गरेको सम्झदै राजकुमार गुप्ताले भन्नुभयो, “अहिले यसको महत्व बढ्दै गएकाले भक्तजनको चाप पनि बढ्दै गएको छ ।” त्यो समयमा छठ पर्वको महत्व के हो भन्ने बारेमा बुझ्न नसक्दा यसपर्व मान्ने मानिस तराई समुदायको मात्रै हुने गरेको भए पनि अहिले आएर सबै मूलका समुदायले छठपर्व मनाउन थालेका छन् । तराईबाट यहाँ बसोबास गर्नेको चाप बढ्नु र अन्य समुदायले पनि यो पर्वलाई महत्व दिन थालेको उहाँले बताउनुभयो ।

हिन्दू धर्मालम्बी भन्दापनि अन्य धर्म मान्नेलेसमेत छठको पूजा गर्न थालेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “छठीमाताको पूजा गर्दा मनोकामना पूरा हुने विश्वास छ ।” यस पर्वमा पूजा गर्नाले रोग निको हुने जनविश्वास रहँदै आएको छ । छठ पर्वको दिन दिउँसोदेखि भक्तजन पूजापाठ एवं कथा सुन्ने काम गर्ने र साँझमा अस्ताउँदो सूर्यलाई अघ्र्य चढाउने गर्दछन् ।

छठीमाताको भाकल गर्ने (कोशी बस्ने)ले रातभर जागाराम बसी पूजा पाठ गर्ने, कथा सुन्ने र भजनर्कितन गर्ने गर्दछन् । अन्य भने साँझमा अघ्र्य चढाउने र बिहान उदाउँदो सूर्यलाई अघ्र्य चढाएर यो पर्ब मनाउने गर्दछन् । गुप्ताले भन्नुभयो, “अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई अघ्र्य चढाउँदा स्वास्थ्य राम्रो हुने जनविश्वास छ ।”

भरतपुर महानगरपालिका–१८ निवासी पहाडीमूलकी ७० वर्षीया पुजनदेवी घिमिरेले विगत १० वर्षदेखि हरेक वर्ष छठको पूजा गर्दै आउनुभएको छ । १० वर्षअघि गरेको भाकल पूरा भएपछि सधैँ पूजा गर्दै आएको उहाँले बताउनुभयो । अहिले मेला व्यवस्थापनका लागि तराई सामुदायिक सेवा समितिका पूर्वअध्यक्ष कृष्णराज गुप्ताको संयोजकत्वमा समिति गठन गरी काम भइरहेको छ । समितिका सदस्य राजकुमार कानुका अनुसार मेला व्यवस्थापनको काम भइरहेको छ ।

उहाँले पछिल्लो समयमा पहाडिया समुदायका व्यक्ति पनि छठपूजा गर्न आउन थालेको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले छठपूजाका लागि पहाडिया समुदायबाट १० प्रतिशत आउने गरेका छन् ।” विस्तारै प्रचारप्रसार र विश्वासका कारण यसको महत्व बढ्दै गएको उहाँले बताउनुभयो ।

छठपर्वका लागि यहाँको नारायणी नदी किनार सिँगारिएको छ । नदी किनारमा टेन्ट टाँङ्गर्ने, पूजाआजाका लागि स्थान बनाउने, नदीमा सीमा रेखा कोर्ने, भक्तजनको भिडभाड हुने क्षेत्रमा सुरक्षा व्यवस्था कडा गर्नेलगायतका काम गरिएको छ । समितिका सल्लाहाकार राजकुमार गुप्ताले विगत वर्ष कोरोनाका कारण सबैले घरघर मनाएको छठपर्व यसवर्ष कोरोना सङ्क्रमण कम भएकाले स्वास्थ्य मापदण्डको पालना गरी नदी किनारमा मनाउन लागिएको हो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …