तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

तनहुँ!आगामी मङ्सिर ११ देखि २२ गतेसम्म दोस्रो ऋषिङ अध्यक्ष भलिबल कप २०७८ प्रतियोगिता हुने भएको छ । गाउँपालिका कार्यालयले आज दमौलीमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो ।

ऋषिङ समृद्धिको आधार, कृषि संस्कृति पर्यटन र पूर्वाधार भन्ने मूलनाराका साथ गत वर्षदेखि सुरुवात भएको भलिबल प्रतियोगितालाई यसवर्ष पनि नितरन्तरता दिन लागेको गाउँपालिका कार्यालयले जनाएको छ । जिल्लाको दक्षिण भेगमा पर्ने ऐतिहासिक एवं पुरातात्विक दृष्टिले महत्वपूर्ण पालिकाको रुपमा परिचित ऋषिङ गाउँपालिकालाई विकास निर्माणको साथै खेलकूद क्षेत्रको केन्द्रका रुपमा विकास गर्न लागिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । जनप्रतिनिधि निर्वाचित भएर आएको दोस्रो वर्षदेखि नै राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताबाट सुरु गरिएको उहाँले बताउनुभयो ।

तेस्रो वर्षदेखि विकास निर्माणका कार्यलाई तीव्रता दिँदै खेल जगतलाई पनि सँगसँगै लैजानुपर्छ भन्ने उद्देश्यले खेलकूदलाई प्राथामिकतामा राखिएको हो । अध्यक्ष श्रेष्ठले भन्नुभयो, “गाउँपालिकाको साथसाथै मुलुकभरका खेलाडीको प्रतिभालाई ऊजागर गर्न यो प्रतियोगिता प्रभावकारी बन्दै गएको छ ।” प्रतियोगितामा प्रथम हुनेले रु एक लाख ४० हजार, दोस्रोले एक लाख, तेस्रोले रु ६० हजार र सान्त्वना हुनेले रु तीस हजार नगद तथा प्रमाणपत्र पाउने छ । उक्त प्रतियोगिता ऋषिङगाउँपालिका–१ झापुटारमा हुने आयोजक समितिले जनाएको छ । गतवर्ष १७ टिमले प्रतियोगितामा सहभागी जनाएका थिए । अध्यक्ष श्रेष्ठले भन्नुभयो, “यसवर्ष कम्तीमा ५० टिम सहभागी हुने लक्ष्य छ ।”

गत वर्ष समय कम भएको र एकै साथ अन्य पालिकामा पनि खेल सञ्चालन भएकोले सोचेअनुरुप खेलाडी टिम सहभागी हुन नसकेको जनाइएको छ । यसपटक भने समय भएकाले उत्साहजनक खेल हुने विश्वास आयोजक समितिले लिएको छ।

खेलकूद क्षेत्रको लागि गाउँपालिका सभाबाट रु ६ लाख र अतिरिक्तमा रु तीन लाख विनियोजन गरेको गाउँपालिका कार्यालयले जनाएको छ । त्यसैगरी महिलालाई पनि खेल क्षेत्रमा उत्साहित गर्न चैते दसँैको अवसरमा ऋषिङगाउँपालिका–५ पिपलटारमा उपाध्यक्ष भलिबल कप आयोजना गरिएको छ । प्रतियोगितामा भाग लिन चाहने टिमलाई रु पाँच हजार शुल्क तोकिएको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, जिसस सदस्य नीलबहादुर थापा, गाउँपालिकाका कानूनी सल्लाहकार परशुराम गिरी, नेपाली कांग्रेस जिल्ला सदस्य मोहन गिरी, नेकपा (एमाले) ऋषिङका सचिव कविलास श्रेष्ठ लगायतका वक्ताले खेल प्रतियोगिता सफल बनाउन सबै क्षेत्रबाट जागरुक बन्नुपर्नेमा जोड दिनुभएको थियो।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …