तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कर्णाली । वीरेन्द्रनगरमा जारी अन्तरपालिकास्तरीय कांक्रेविहार गोल्डकप फुलबलमा पञ्चपुरीले विजयी शुरुआत गरेको छ । बुधबार सम्पन्न उद्घाटन खेलमा पञ्चपुरी नगरपालिकाको टिमले गुर्भाकोट नगरपालिकाको टिमलाई २–०ले हराउँदै विजयको खाता खोलेको  हो । 

खेल शुरु भएको १० मिनेटमा पञ्चपुरी नगरपालिकाको टिमले खाता खोल्न सफल भयो । खेलको ३६ औं मिनेटमा पञ्चपुरीका महेन्द्र विकले दोस्रो गोल गरेर टीमलाई अग्रता दिलाउँदै  म्यान अफ द म्याच घोषित हुनुभयो । पहिलो आधामा कुनै गोल गर्न नसकेको गुर्भाकोट नगरपालिकाको टिमले दोस्रोमा पनि थुप्रै गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन । आज हुने दोस्रो खेलमा वीरेन्द्रनगर नगरपालिका र सिम्ता गाउँपालिकाबीच प्रतिष्पर्धा हुनेछ । १४ गतेसम्म सञ्चालन हुने कपमा विजेताले रु. एक लाख र उपविजेताले रु. ५० हजार पुरस्कार, ट्रफी पाउनेछन् । 

यसैबीच राष्ट्रिय उपमेयर कप फुटबल प्रतियोगितामा सहभागी हुने महिला खेलाडीहरुको बिदाइ गरिएको छ । वीरेन्द्रनगर नगरपालिका र जिल्ला फुटबल सङ्घ सुर्खेतले प्रतियोगितामा सहभागी खेलाडीहरुको बिदाइ ग¥यो । उपप्रमुख मोहनमाया ढकालले पूर्ण हौसलाका साथ क्षमता प्रदर्शन गरी जित हासिल गर्न शुभकामना दिनुभयो । 

यही कात्तिक १२ गते काठमाडौंस्थित राष्ट्रिय फुटबल सङ्घको मैदानमा हुने प्रतियोगितामा सुर्खेतबाट २३  खेलाडी सहभागी हुँदैछन् । दोस्रो चरणको प्रतियोगितामा विजयी भएमा राष्ट्रिय महिला लिगका लागि छनौट हुनेछन् । लिगमा सात प्रदेश, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहित १० विभाग रहने बताइएको छ ।रासस                                                           

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …