तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

यज्ञ कुमार राई

खोटाङ । हिन्दुहरुको महान पर्व विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा खोटेहाङ  गाउँपालिका वडा नं. ९, लिच्कीराम्चे साविक वडा नम्बर ५, स्थित कोट पोखरीमा कार्तिक ७, गतेबाट सुरुभएको पुरुष खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता र खुल्ला एकल नृत्य प्रतियोगिता तथा शुभकामना आदन प्रदान कार्यक्रम आज सम्पन्न भएको छ।

खोटेहाङ गाउँपालिका वडा नं. ९, लिच्कीराम्चे खेलकुद समितिले आयोजना गरेको वडा स्तरीय पुरुष खुल्ला भलिबल प्रतियोगिता साथै एकल नृत्य महिला प्रतियोगिता अत्यन्तै रोमाञ्चित र शान्तिपूर्ण ढंगले सम्पन्न भएको लिच्की राम्चे खेलकुद समितिका अध्यक्ष कुशल राईले बताउनुभयो।

प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अथिति खोटङका संसद विशाल भट्टराई बिशेश अतिथि खोटेहाङ गाउँपालिकाका वडा नम्बर ९, लिच्की राम्चेका वडा अध्यक्ष गोपी राई साथै अथितिहरु नेकपा एमाले खोटाङका प्रदेश कमिटी सदस्य  राजन ढकाल, नेकपा एमाले खोटाङ जिल्ला कमिटी सचिवलय सदस्य राजन बन्जरा, नेकपा एमाले खोटाङ खोटेहङ गाउँपालिका ९, वडा कमिटीका अध्यक्ष खड्ग बहादुर राई, नेपाली कांग्रेस खोटाङ खोटेहाङ गाउँपालिका ९, का वडा सभापति चक्र बहादुर राई, दिपक ढकाल लगायतको उपस्थिति रहेको थियो।

खोटेहाङ गाउँपालिका लिच्की राम्चे ९, का खेलकुद समितिका अध्यक्ष कुशल राईको अध्यक्षतामा भएको प्रतियोगिताको प्रमुख अतिथि खोटाङका प्रतिनिधिसभा संसद बिशाल भट्टराईले खेलाडी तथा नृत्य प्रतियोगितामा सफलता हासिल गर्नेलाई हार्दिक बधाई तथा आगामी दिनमा अझै सफलता मिलोस् भन्दै मन्तब्य राख्नुभएको थियो।

प्रतियोगितामा पुरुष खुल्ला भलिबल तर्फ प्रथम  जिल्लाका दिप्रुङ चुइचुम्मा गाउँपालिका वाड नं. ७, टेम्मा वाईसीएल प्रथम  तथा द्वितीय  क्रमशः दोस्रो दिप्रुङ चुइचुम्मा गाउपालिका वाड नं. ३, छोरम्बु ५१,०००/ र ३१,०००/ हजार पुरस्कार साथै ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै  तेस्रो पुरस्कार खोटेहाङ गाउँपालिका वड नं. ९, आयोजक टिमले २१,०००/ हजार नगद सहित ट्रफी मेडल, प्रमाणपत्र हात पारेको छ ।

त्यसैगरी खुल्ला एकल नृत्य महिला प्रतियोगिता तर्फ प्रथम पुरस्कार खोटेहाङ गाउँपालिका ९, लिच्कि राम्चे साविक वडा ९, देउरालिकि आरोही राई, द्वितीय  क्रमशः खोटेहाङ गाउँपालिका ९, लिच्कीराम्चे साविक वडा ९, कै योजना राईले ५,०००/ र ३,०००/ हजार पुरस्कार साथै ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै  तेस्रो पुरस्कार खोटेहाङ ९, लिच्कीराम्चे सविक वडा ५, कि कृतिका राईले २,०००/ हजार नगद सहित ट्रफी मेडल, र प्रमाणपत्र हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।

उक्त प्रतियोगिताको कार्यक्रमलाई तारा चन्द्र बस्नेत र निकसन राईले संचालन गरेको थियो भने आयोजकको तर्फबाट कार्यक्रमलाई प्रभावकारी बनाउन कन्ट्रोल राई, रबिन खड्का,  जितेन कार्कि, जितकुमार राईको ठुलो भुमिका रहेको थियो ।

 

भलिबल प्रतियोगिता तर्फ एम्पाएरमा खोटाङका प्रदेश स्तरीय बाराहापोखरी गाउँपलिका वड नं. २, सुन्तलेका लाख मान राई हुनुहुन्थ्यो भने साएक एम्पाएरमा खोटेहाङ गाउँपालिका ९, लिच्कीराम्चेका सुरेश राईले गर्नुभएको थियो।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …