तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । खोटेहाङ  गाउपालिका वडा नं. ९, लिच्की राम्चेले वडा स्तरीय भलिबल तथा खुल्ला एकल नृत्य प्रतियोगिता आयोजना गरेको छ ।

विजया दशमी तथा शुभ दिपावलीको पावन अवसरमा खोटेहाङ  गाउपालिका वडा नं. ९, लिच्की राम्चेद्वारा कार्तिक ७ गते बिहान १०:०० बजे वडा नं. ५ स्थित कोटपोखरी (लिच्की राम्चे)मा वडा स्तरीय भलिबल तथा खुल्ला एकल नृत्य प्रतियोगिता आयोजना गरेको हो ।

हिन्दुहरुको महान पर्व विजयादशमी तथा शुभदिपावलीको पावन अवसरमा २००७८ कात्तिक ७ गते  बिहान  १०:०० बजे देखि खोटेहाङ गाउँपालिका ९ लिच्की राम्चे साविक वडा नम्बर ५, कोटपोखरी हुने खेलमा आयोजक लिच्की राम्चेले आयोजित खुल्ला वडास्तरीय पुरुष भलिबल र खुल्ला एकल नृत्य प्रतियोगिता सम्पूर्ण खेलप्रेमीहरुलाई उपस्थितिका लागि हार्दिक अनुरोध गरेको छ । 

खेलकुद समितिको आयोजकले खुला भलि तर्फ प्रथम पुरस्कार नगद रु, ५१००० ट्रफी मेडल र प्रमाणपत्र  द्वितीय पुरस्कार नगद रु, ३१००० ट्रफी मेडल र प्रमाणपत्र तृतीय पुरस्कार नगद रु, २१००० ट्रफी मेडल र प्रमाणपत्र रहेको छ भन्ने उत्पष्ट खेलाडीलाई ट्रफी मेडल र प्रमाणपत्र दिईने जनाएको छ।

यस्तै नृत्यतर्फ तर्फ प्रथम पुरस्कार रु ५००० साथै प्रमाणप रहेको छ भने द्वितीय पुरस्कार रु ३००० प्रमाणपत्र त्यसैगरी  तृतीय पुरस्कार रु २००० र प्रमाणपत्र रहेको छ।

यस्ता छन खेलका नियमहरु 

खेल नकआउट नियमको आधारमा खेलाइने । 

टिममा आठजना सेनाहि सहित दुईजना अफिसियल व्यक्तिहरु पनि रहने । 

खेलमा विवाद आएमा आयोजक साथै अफिसियलको निर्णय नै अन्तिम निर्णय हुने। 

खेलमा खेलाडिलाई कुनै प्रकारको चोटपटक लागेमा स्वयम् टिमले उपचार गर्नुपर्ने । 

खेलाडीहरुले खाना बस्नको लागि आफैले व्यवस्था गर्नुपर्ने । 

खेल हुने अन्तिम मिति भन्दा एक दिन अगाडिसम्म टिम दर्ता गराई सानुपर्ने । 

टिम दर्ता मोबाइलमार्फत पनि गर्न सकिने। 

खेलका लागि तोकिएको इन्ट्री शुल्क  दिइसकेपछि फिर्ता नहुने । 

तोकिएको खेल समयमा खेलाडिहरु अनिर्वाय उपस्थित हुनुपर्ने, यदि उपस्थित नभएमा आयोजक जवाफदेही नहुने ।

टिम दर्ता शुल्क भलिबतर्फ रु, ३५०० र नृत्यतर्फ रु, ५००  लाग्ने                 

टिम दर्ता गर्नको लागि संपर्क: 

 ९ ८४२८११ ९ १८ ,९ ८११७८७४०२ जेबि काकी

 ९ ८६३ ९६२०२३- कुशन राई 

९८६०६८१७७२ कन्ट्रोल राई 

९ ८६६३१ ९५८५- प्रकाश राई 

९ ८६२ ९ ७७५२४ रबिन खड़का 

नृत्यतर्फको नियमः कुनै पनि एक गीतमा नृत्य गरिसकेपछि उक्त नृत्यको आधारमा जजद्वारा उत्कृष्ट घोषण गरिने।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …