तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

राजविराज। सप्तरीको राजविराजमा बुधबारदेखि प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगीता हुने भएको छ । सप्तरी क्रिकेट सङ्घको समन्वयमा आयोजना गरिने खेलमा १६ वटा टिमको सहभागिता रहने क्लबका अध्यक्ष इ रवीन्द्र यादवले जानकारी दिनुभयो । युवा शक्ति क्लब, विष्णुपुरको आयोजनामा राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको खेल मैदानमा तेस्रो संस्करणको खेल यही कात्तिक १२ गतेसम्म प्रदेशस्तरीय मिथिला कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुन लागेको हो ।

उक्त खेलमा बोस्टन क्रिकेट एकेडेमी झापा, विराटनगर स्पोर्टिङ क्लब मोरङ, फूलबारी क्रिकेट क्लब सुनसरी, रन्जीतपुर राइडर्स टिम सप्तरी, छिन्नमस्ता स्पोर्टस् क्लब सप्तरी, बजाज युथ क्रिकेट एकेडेमी सप्तरी, रुपनी राइडर्स सप्तरी, तिलाठी कोइलाडी एलेभेन सप्तरी, लायन्स क्लब सप्तरीलगायतको सहभागिता रहने जनाइएको छ ।

उल्घाटन खेलमा लहान क्रिकेट क्लब, सिरहा र फूलबारी क्रिकेट क्लब, सुनसरीबीच प्रतिस्पर्धा हुने प्रतियोगतिा खेलको प्रदेश नम्बर २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले उद्घाटन गर्ने क्लबका कोषाध्यक्ष नन्दकिशोर गुप्ताले बताउनुभयो । त्यस्तै जनकपुर क्रिकेट एकेडेमी धनुषा, लहान क्रिकेट क्लब सिरहा, धनुषा रोयल क्रिकेट एकेडेमी धनुषा, नरेश सिंह क्रिकेट एकेडेमी महोत्तरी, रौतहट ११ रौतहट, क्रिकेट बजार ११ बारा र यूनाइटेड क्रिकेट क्लब पर्सा सहभागी हुने आयोजित पत्रकार सम्मेलनमा क्लबका सचिव राजेन्द्रकुमार मुखियाले जानकारी दिनुभयो । 

खेलमा सप्तरीबाट छ, धनुषाबाट दुई, महोत्तरी, रौतहट, बारा, पर्सा, सिरहा, सुनसरी, झापा, मोरङबाट एक÷एक वटा टिमको सहभागिता हुने जनाइएको । करिब रु १५ लाख बराबरको खर्च अनुमान गरिएको प्रतियोगितामा प्रथम पुरस्कारको रुपमा नगद रु एक लाख, ट्रफी, प्रमाणपत्र, मेडल प्रदान गरिनेछ भने द्वितीय पुस्कारको रुपमा नगद रु ५० हजार, कप, प्रमाणपत्र, मेडल प्रदान गरिने बताइएको छ  । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …