तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रासस

फुङ्लिङ। ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा नवरात्रको समयावधिमा १९ हजारभन्दा बढी भक्तजनले पूजापाठ गरेका छन् । 

नवरात्रिको समयावधिमा पाथीभरा मन्दिर क्षेत्रमा पुगेर उनीहरुले पूजापाठ गरेका हुन् ।

नेपालीको महान् चाड बडादसैँ तथा नवरात्रिको दिनदेखि नवरात्रिको अन्तिम दिन आज पूजापाठ समय अवधिसम्ममा १९ हजार ७५० जना भक्तजन पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको माथिल्लो फेदी प्रहरी चौकले जनाएको छ । नेपालका दार्चुला जिल्लादेखि भारतको दार्जिलिङ र सिकिमसम्मका तीर्थ यात्रीले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिनुभयो । नवरात्रको पहिलो दिनदेखि नौ दिनसम्म अर्थात् टीकाको अघिल्लो दिन (आज)सम्ममा पाथीभरा मन्दिर क्षेत्रमा तीर्थयात्रीको घुइँचो लाग्ने गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

नवरात्रको पहिलो दिन अर्थात् बुधबार २५० तीर्थयात्रीले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको माथिल्लो फेदी प्रहरी चौकीले जनाएको छ । बिहीबार आठ सय २५, शुक्रबार एक हजार ६५५, शनिबार छ हजार २५, आइतबार एक हजार एक सय ९५, सोमबार दुई हजार, मङ्गलबार दुई हजार दुई सय र आज एक हजार एक  सय जान तीर्थ यात्रीहरुले पाथीभरा मन्दिर क्षेत्रमा पुगेर पूजापाठ गरेको माथिल्लो फेदी प्रहरी चौकीका प्रहरी इन्र्चाज लोकबहादुर थापाले बताउनुभयो ।

कोरोनाको कारणले नौ महिना पाथीभरा मन्दिरमा पूजापाठ बन्द भएको थियो तर गत महिनादेखि मात्र  पाथीभरा क्षेत्र विकास समितिले खुला गरेको हो । पाथीभरा दर्शन गर्न खुला भएसँगै तीर्थयात्रीहरुको चहलपहल बढ्न थालेको हो । पाथीभरा मन्दिर क्षेत्रमा तीर्थयात्रीहरुको भीडभाड बढेसँगै यातायाता व्यवसायी, होटल व्यवसायी र तीर्थयात्री सहयोगीहरु उत्साहित भएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …