तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत भदौ ३१ गते जारी सूचनामा विद्यालय सञ्चाल भौतिकरुपमा सकेसम्म नगर्न र गर्नैपरेमा स्थानीय तहसँगको समन्वयमा सञ्चालन गर्न आग्रह गरेको थियो तर काठमाडौंका कतिपय विद्यालयहरु स्थानीय तहसँगको समन्वयविना नै सञ्चालन भएका छन् ।

काठमाडौका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालकाअनुसार जिल्ला प्रशासन कार्यालयले सकेसम्म दशैअघि विद्यालय सञ्चालन नगर्न आग्रह गरेको बताउनुभयो । हाम्रो आग्रह दशैअघि सकेसम्म विद्यालय सञ्चालन नगर्नु भन्ने थियो तर विद्यालय सञ्चालकहरुले सबै क्षेत्र खुलेको अवस्थामा विद्यालय पनि खुलायनु पर्छ भन्ने आग्रह गरेअनुसार स्थानीय तहको समन्वयमा खोल्न पाउने निर्णय गरेका हौँ” उहाँले भन्नुभयो ।

बालबालिकाहरुले खोप नलगाएको अवस्था र अझैपनि जोखिम नटरेको अबस्थामा तत्काल भौतिकरुपमा विद्यालय सञ्चालनको लागि आफूहरु सहमत नरहेको प्रजिअ रिजालले बताउनुभयो । स्थानीय तहसँगको समन्वयविना नै बिद्यालयहरु सञ्चालन भएको पाइएमा स्थानीय तहले नै कारवाही गर्नसक्ने उहाँले बताउनुभयो ।

यता काठमाडौं महागरपालिकाका शिक्षा महाशाखा प्रमुख रामप्रसाद सुवेदीले भने महानगरमा अझै विद्यालय सञ्चालनका लागि औपचारिक निर्णय भैनसकेको बताउनुभयो । यसबारेमा निर्णय गर्न मंगलबार नगर शिक्षा समितिको बैठक बस्न लागेको उहाँले बताउनुभयो ।

सो बैठकले महानगरमा विद्यालयहरु कसरी सञ्चालन गर्नेे, कहिले सञ्चालन गर्ने भन्ने निर्णय गर्ने सुवेदीले बताउनुभयो । आफूहरुले विद्यालय सञ्चालन गर्न सकिने विषयमा २७ बुँदे मापदण्ड तयार पारेको र मंगलबारको बैठकमा उक्त मापदण्डमाथि पनि छलफल गरिने उहाँले बताउनुभयो । विद्यालयहरु औपचारिक रुपमा कहिले र कसरी सञ्चालन गर्ने भन्ने विषयमा बैठकको निर्णयपछि टुङ्गो लाग्ने उहाँको भनाइ छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …