तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । नेपाली काङ्ग्रेस खोटेहाङ गाउँपालिका सभापतिमा युवा नेता राजु ढकालले प्यानल टिम सहित उम्मेदवारी सार्वजनिक गरेका छन्।

नेपाली काङ्ग्रेस खोटाङको सातौं जिल्ला अधिवेशन अन्तर्गत असोज ९, गतेलाई तोकिएको पालीका अधिवेशनमा नेता ढकाल, “अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन खोटेहाङ गाउँपालिका कार्यसमिती निर्माण हाम्रो अभियान” नारा सहित चुनावी मैदानमा होमिएका हुन्।

नेपाली काङ्ग्रेस तरुण विभागका केन्द्रीय सदस्य समेत रहेका नेता ढकाल आफ्नो प्यानल पुर्ण रुपमा समावेशी साथै बलियो भएको दाबी गर्छन।

उनको टिमबाट उपसभापतिमा विमल लामा, र बिष्णु बिष्ट प्रतिष्पर्धामा छन भने सचिवमा प्रविण केसि, र धिरेन्द्र राईले उम्मेदवारी सार्वजनिक गरेका छन। त्यसैगरी सह-सचिवमा न्युटन कार्की, र माघिका राईले उम्मेदवारी सार्वजनिक गरेका छन।

श्रोतका अनुसार नेता ढकालको प्यानललाई नेपाली काङ्ग्रेस खोटाङका पुर्व सभापति एवं महासमिति सदस्य बिष्णुकुमार राई, महासमिति सदस्यहरु रविप्रकाश राई, केशव कार्की, हिरा गुरुङ, कमला राई, साथै महाधिवेशन प्रतिनिधि रामकुमार श्रेष्ठ, सहरमान राई, नेपाली काङ्ग्रेस खोटाङका सचिव इच्छु राना, सह-सचिव प्रेमकुमार राई, कोषाध्यक्ष जीवन राई, साथै नेपाली काङ्ग्रेस, सदस्यहरु वसन्त राई, भुवन श्रेष्ठ, शरण कुमार राई, दिनेश घिमिरे, जिल्ला सदस्य तथा वाराहपोखरी गाउँपालिका प्रमुख शालिकराम बञ्जारा, प्रदेश सभा क्षेत्र नं. ‘ख’ खोटाङका सभापति तिर्थराज भट्टराईको बलियो समर्थन रहेको बुझिन्छ।

पालीकाका ९, वडा मध्य केही बाहेक सबै वडा सभापतिहरुको समेत नेता ढकाललाई पुर्ण समर्थन रहेको श्रोतले जनाएको छ। जसकारण सांगठनिक, भौगोलिक, एजेण्डागत हरेक हिसाबले राजु ढकाल नेतृत्वको प्यानल वहुमतका साथ विजयी हुने आंकलन गर्न सकिन्छ।

नेता राजु ढकाल युवा व्यवसायी हुनका साथसाथै खोटेहाङ गाउँपालिका क्षेत्रमा राम्रो प्रभाव राख्ने व्यक्तित्व समेत हुन।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …