तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा नेपाली कांग्रेसकी नेतृ सरस्वती बजिमयले आदिवासी जनजाति महिला तर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ।

दुई दशक लामो समय खोटाङबाट कांग्रेसमा सक्रिय राजनीति गर्दै आउनुभएको बजिमय विक्रम संवत २०५७ सालमा नेपाल महिला संघ जिल्ला सभापति हुँदै २०५८ सालमा महिला विभाग केन्द्रीय सदस्य र २०६४ सालमा नेपाल महिला संघ केन्द्रीय कोषाध्यक्ष समेत बन्नु भएको थियो।

यस्तै २०७० सालमा महासमिति सदस्य नेपाली कांग्रेस खोटाङ र संविधानसभा सदस्य समेत रहनुभएको बजिमयले पार्टीलाई संगठित, समावेशी र गतिशील बनाउन र कांग्रेसमा सबै वर्ग र क्षेत्रका व्यक्तिहरु अट्ने तथा समाजको सबै क्षेत्रले भरोसा गर्ने अवस्था निर्माणगर्न नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवारी दिएको बताउनुभयो ।

उनले आफुलाई नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा स्थापित गराउन आफुलाई मतदान गर्न देश विदेशबाट आएको महाधिवेशन प्रतिनु र आफ्नो निकट साथीभाई शुभेच्छुकहरुमा हार्दिक अनुरोध सहित गर्नुभएको छ। उनलाई प्रस्तावकको रुपमा नेपाली कांग्रेस खोटाङको केन्द्रीय महाधिवेशन प्रतिनिधि एवम् हलेसी तुवाचुङ नगरपालिकाकि उपमेयर बिमला राई तथा समर्थकको रुपमा सोलुखुम्बुकि गान्धीमाया तामाङ रहेका छ। 

बजिमय खोटाङ जिल्लाको कुशल राजनीतिज्ञ शीर्ष नेता हुन्। उनले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत नेपाली कांग्रेस खोटाङको ७ औं जिल्ला अधिवेशनबाट भारी मतले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको हो।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …