तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रासस

तुलसीपुर। हिँड्न नसक्ने अवस्थामा रहेका बर्दियाका कम्भु नेपाली गत भदौ १० गते उपचारका लागि विजौरीस्थित प्रादेशिक आयुर्वेद अस्पतालमा आउनुभयो । उहाँको पञ्चकर्मा विधिबाट उपचार पछि निको भयो । हाल उहाँ हिँड्डुल गर्नसक्ने हुनुभएको छ ।

बुटवलबाट ७२ वर्षीया रामकुमारी गिरी पनि अस्पतालमा उपचारका लागि आउनुभयो । उहाँमा दम र फिबरको समस्या थियो । औषधि दिएर उपचार गरेपछि उहाँ पनि सञ्चो भएर फर्किनुभयो । त्यस्तै रुकुम पश्चिमकी १९ वर्षीया निरुता रावत पनि पायल्सको समस्या लिएर अस्पतालमा आउनुभयो । उहाँको क्षारसूत्र विधिबाट उपचार हुँदा निको हुनुभयो ।

उहाँहरु मात्रै होइन, अहिले अस्पतालमा बाहिरी जिल्लाबाट पनि उपचारका लागि आउने बिरामीको सङ्ख्या बढिरहेको अस्पतालका निमित्त निर्देशक डा महेशकुमार खनालले जानकारीदिनुभयो । उहाँले भन्नुभयो“आयुर्वेदिक उपचार पद्धतिमा आकर्षण बढिरहेको छ । ” अस्पतालमा कार्यरत चिकित्सक मदन भण्डारीका अनुसार ‘पायल्स’ तथा ‘फिस्टुला’का बिरामी बढी सेवा लिन अस्पताल आउने गर्दछन् ।

साथै एलोपेथिक औषधि खाँदा–खाँदा सञ्चो नभएका तथा दीर्घरोगी धेरै आउने गरेको उहाँको भनाइ छ । “प्राय ः एलोपेथिक पद्धतिबाट उपचार नभएका, त्यसपछि पञ्चकर्म, क्षारसूत्र विधिबाट उपचार भएर गएकाले गाउँमा गरेको प्रचारले गर्दा पनि धेरै बिरामी आउने गर्नुहुन्छ”, उहाँले भन्नुभयो । हाल रुकुम, सल्यान, प्युठान, बर्दिया, बुटवललगायतका स्थानबाट आयुर्वेद उपचारका लागि बिरामी आउने गरेका छन् । उहाँका अनुसार सबै गरी दैनिक ४० देखि ५० बीचको हाराहारीमा बिरामी आएर सेवा लिने गरेका छन् । गएको हप्तामात्रै करिब ३०० बिरामीले सेवा लिएका छन् । तीमध्ये करिब १५० जतिले पञ्चकर्माको सेवा लिने गरेको प्रमुख खनालले बताउनुभयो । “हामीसँग धेरै बिरामी पञ्चकर्मको सेवा लिन आउने गर्नुभएको छ”, उहाँले भन्नुभयो, “गएको हप्ता मात्रै १५० जना जतिले यो सेवा लिनुभयो ।”

प्यारालाइसिस भएका, जोर्नी तथा नसाका समस्या भएका, प्रसर, अनिद्राका समस्याका बिरामीलाई पञ्चकर्म विधिबाट सेवा दिने गरेको प्रमुख डा खनालको भनाइ छ । हाल अस्पतालमा शिरोधारा, बस्ती, जुकाबाट हुने थेरापी पनि धेरै हुने गरेको छ ।
असोज महिनादेखि फिजियो थेरापी सेवा पनि सञ्चालन ल्याउने तयारी रहेको उहाँले जानकारीदिनुभयो । यसका लागि आवश्यक सामग्रीको व्यवस्थापन भइरहेको उहाँले बताउनुभयो । हाल बिहान बिरामीलाई योग सेवा पनि प्रदान भइरहेको छ । एक्सरे सेवा पनि सुरु भएको जनाउँदै यसले थप सहज बनाएको उहाँको भनाइ छ । साथै खुल्ला आरोग्यशाला सञ्चालनको समेत तयारी छ । यसका लागि पूर्वाधार तयार भइसकेको छ । अकुपञ्चर सेवा पनि केही समयमा सञ्चालनमा आउने तयारी रहेको उहाँले बताउनुभयो ।

चिकित्सालयको आफ्नै औषधालय भएकाले १५ देखि २० प्रतिशत छुट हुने गरेको छ । बिरामीले तीन÷चार थरि औषधि निःशुल्क पाउने गरेका छन् । अस्पतालमा दर्ता शुल्क पनि नलिने तथा सस्तोमा उपचार हुने भएपछि बिरामीको आकर्षण बढेको समेत उहाँको भनाइ छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …