तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

खोटाङ । नेपाली कांग्रेस खोटेहाङ गाउँपालिका वडा. नं. ३ सावाकटहरेमा नेकपा एमाले पार्टी परित्याग गरि ४६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

शनिबार खोटेहाङ गाउँपालिका वडा नं. ३ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ४६ जना नेकपा एमालेका नेता तथा कार्यकर्ता प्रवेश गेरका हुन्। नवप्रबेशीहरुलाई नेपाली काङ्ग्रेसका युवा नेता एवं महासमिति सदस्य रविप्रकाश राईले स्वागत गरेका छन् ।

पार्टीका नवनिर्वाचित वडा सभापती जेफर राईको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि युवा नेता रविप्रकाश राई, विशेष अतिथि नेबिसंघ खोटाङका पुर्व अध्यक्ष एवं पार्टी जिल्ला सदस्य दिनेश घिमिरे, नेपाली कांग्रेस तरुण विभाग केन्द्रीय सदस्य राजु ढकाल साथै पार्टीका अन्य नेता कार्यकर्ताको भव्य उपस्थिति रहेको थियो।

वडा सभापती जेफर राईका अनुसार पार्टी प्रवेश संगै वडा. नं. ३, सावाकटहरेमा ३९ सदस्यीय टोल कमिटी समेत गठन गरिएको बताए ।

नेकपा एमाले परित्याग गरि कांग्रेसमा प्रवेश गरेका नरेश वि.क. लगायतका नेता कार्यकर्तालाई स्वागत गर्दै नेपाली कांग्रेस खोटाङका महासमिति सदस्य एवं कार्यक्रमका प्रमुख अतिथि रविप्रकाश राईले, नवप्रवेशी नेता कार्यकर्तालाई नेपाली कांग्रेस भित्र कहिलैपनि अन्यायमा पर्न नदिने र उनिहरुको राजनीतिक जीवनको उचित मुल्यांकन गर्दै उपयुक्त जिम्मेवारी प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …