तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

क्यानाडा। नेपाली जनसंपर्क समिति क्यानाडाले नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०८औँ जन्मजयन्ती एक कार्यक्रम गरि मनाएको छ ।

कोइरालाको १०८औँ जन्मजयन्तीको अबसरमा नेपाली जनसंपर्क समिति क्यानाडाको आयोजनामा क्यानाडामा रहनुभएका सम्पूर्ण प्रजातान्त्रिक बिचारधारा बोकेका नेपालीहरुको उपस्थितिमा कार्यक्रमका प्रमुख अथिति गैरे आबसीय नेपाली संघ क्यानाडाका अध्यक्ष दिपक दत्त गौतमदले दिप प्रज्वलगरि कोइरालाको तस्बिरमा फुलमाला अबिरगरि माल्यार्पण गरिएको समितिका सभापति बुद्दी प्रकाश ओलीले जानकारी दिनुभयो ।

कार्यक्रममा उपस्थित नव निर्वाचित गैरेआबसीय नेपाली संघ एनआरएन क्यानडाका अध्यक्ष दिपक दत्त गौतम, सचीब राजेन्द्र पोख्ररेल, प्रबक्ता बिरेन्द्र शिङ राउत, सदस्य बिशाल घिमिरे, सोम गुरुङ, जनजाती महासंघ क्यानाडाका उप सभापति यम गुरुङ, नेपाली क्रिकेट सघ क्यानाडाका अध्यक्ष किरोज श्रेष्ठ, सहयात्रा संघ क्यानाडाका अध्यक्ष सन्तोष  बिक,  एनआरएन अमेरिकाका युवा सयोजक बिमला सापकोटालाई समितिका अध्यक्ष ओलीले खादा लगाएर स्वागत गर्नु भएको थियो । 

समितीका  माहामन्त्री बसन्त कार्कीले संचालन गरेको कार्यकममा समितीका सदस्य सुरेस रजौरेले बिपीको जिवनी बारे प्रस्तुत गरेका थिए ।

विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो । प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्णशम्शेरको नेतृत्वमा विसं २००६ मा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि विसं २००७ को क्रान्ति सफल भएको थियो ।

विसं २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुईतिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभएको थियो ।

विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्त गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो । एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला, संसद्का प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्रीलाई सुन्दरीजल बन्दीगृहमा सारियो ।

विसं २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त हुनुभएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभयो । भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठवटा ज्यान मुद्दाको पर्वाह नगरी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्कनुभयो । उहाँले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।

कोइरालाको क्यान्सर रोगले विसं २०३९ साउन ६ गते निधन भएको थियो । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …