तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले महिला टी–२० विश्वकप क्रिकेटको एशिया क्षेत्रीय छनोटका लागि पहिलो चरणमा २४ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ । 

क्यानका सचिव अशोकनाथ प्याकुरेलले आज विज्ञप्ति जारी गर्दै बन्द प्रशिक्षणका लागि पहिलो चरणमा खेलाडी छनोट गरिएको जानकारी दिनुभएको छ । बन्द प्रशिक्षणका लागि बिनु बुढामगर, रुवीना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, संगिता राई, सरस्वती चौधरी, अनुराधा चौधरी, सुमन खतिवडा, सरस्वती जीएम, कञ्चन श्रेष्ठ, रेवती धामी, लक्ष्मी साउद, कविता जोशी, कविता कुँवर, डली भट्ट, विन्दु रावल, ममता चौधरी, सीता रानामगर, ज्याती पाण्डे, करुणा भण्डारी र सरिता मगरलाई छनोट गरिएको छ । 

एशिया छनोट आगामी मङ्सिर ७ देखि १२ गतेसम्म मलेसियामा सञ्चालन हुनेछ । उक्त प्रतियोगितामा शीर्ष स्थानमा रहने टोलीले ग्लोबल छनोटमा स्थान बनाउने छ । नेपालले खेल्ने एशिया छनोटमा भुटान, चीन, हङकङ, कुवेत, मलेसिया, म्यानमार र युनाइटेड अरब इमिरेटस् (यूएई)ले प्रतिस्पर्धा गर्नेछन् । कोरोना महामारीका कारण सो प्रतियोगिता सात महिनापछि सरेको हो । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …