तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

अमेरिका । चर्चित सामाजिक सञ्जाल ट्वीटरले गलत सूचना तथा जानकारी ट्वीट गर्नेका विरुद्धमा उजुरी लिने भएको छ ।गलत सूचनाको प्रवाह बढेको र त्यसले दिनप्रतिदिन नकारात्मक असर पारेको भन्दै ट्वीटरले गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी दिन मिल्ने व्यवस्था गर्न लागेको हो । 

गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी गर्न मिल्ने व्यवस्था गरेपछि गलत सूचना प्रवाह हुने क्रम न्यूनीकरण हुने ट्वीटरका सञ्चालकहरूले आशा व्यक्त गरेका छन् ।व्यक्तिगत रूपमा अपमानित गर्ने, गाली बेइजती गर्ने, अर्काको स्वन्त्रता हनन् गर्नेजस्ता कार्यका विरुद्धमा भने विगतमा पनि उजुरी दिन पाइने व्यवस्था ट्वीटरले गरेको थियो । 

गलत सूचना प्रवाह सम्बन्धमा पनि त्यही प्रक्रिया र प्रकृतिले उजुरी दिनसकिने व्यवस्था गर्न लागिएको सञ्चालकहरूले जनाएका छन् । विषेश गरेर राजनीति, जनस्वास्थ्यलगायतका विषयमा आउने गलत सूचनालाई न्यूनीकरण गर्ने ट्वीटरको प्रयास हो । कुनै ट्वीटर ह्यान्डलबाट पटक पटक गलत सूचना प्रवाह भएको पुष्टि भएमा त्यसलाई निष्क्रीय पारिदिनेसम्मको योजना ट्वीटरले बनाएको जनाइएको छ । 

अहिले सुरुमा परीक्षणका रूपमा अमेरिका, अष्ट्रेलिया र दक्षिण कोरियाका प्रयोगकर्ताहरूले गलत सूचना प्रवाह गर्नेका विरुद्धमा उजुरी दिनसक्ने व्यवस्था गरिएको छ । यो सुविधा केही महिनापछि अन्य देशहरूबाट पनि उपलब्ध हुने अधिकारीहरूले जानकारी दिएका छन् ।  

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …