तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कास्की। नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले पोखरामा दुई साता प्रशिक्षण गर्ने भएको छ ।

आसन्न साफ च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय टोलीका ३६ खेलाडी तथा प्रशिक्षक र टिम व्यवस्थापकसहित ४५ सदस्यीय टोलीले यही साउन २६ गतेदेखि कम्तीमा दुई साता पोखरामा प्रशिक्षण गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का महासचिव इन्द्रमान तुलाधरले जानकारी दिनुभयो ।

राष्ट्रिय टोलीले मुख्यगरी पोखरास्थित अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा अभ्यास गर्ने छ । यसबाहेक नेपाली सेनाको विजयपुर बाहिनीअन्तर्गतको खेलमैदान, सशस्त्र प्रहरीको खेलमैदान र सहारा क्लबले पोखरा–१७ दोविल्लामा सञ्चालन गरेको सहारा एकेडेमीको मैदानमा समेत अभ्यास गर्ने योजना रहेको बताइएको छ ।

राष्ट्रिय टोली पोखरामा अभ्यासका लागि आउने भएपछि एन्फा महासचिव तुलाधरलगायतको टोलीले आज पोखरा रङ्गशालाको निरीक्षण गरेको छ । यसैगरी टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलगायतले पनि केही दिनअघिदेखि यहाँको वातावरण, खेल पूर्वाधारलगायतको निरीक्षण गर्नुभएको थियो । “राष्ट्रिय टोलीले पोखरामा कम्तीमा दुई साता प्रशिक्षण गर्ने निश्चित भएको छ, यहाँको अभ्यासले टोलीलाई मानसिक र शारीरिकरूपमा फिट बनाउने विश्वास लिएका छौँ”, महासचिव तुलाधरले भन्नुभयो, “सम्भव भएसम्म राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलसमेत पोखरामा गराउने योजनामा छौँ ।”

पोखरा रङ्गशालामा निर्माणाधीन केही पूर्वाधार दुई सातामा सम्पन्न भएमा मैत्रीपूर्ण खेल हुनसक्ने उहाँले बताउनुभयो । छिमेकी मुलुक भारतले नेपाली राष्ट्रिय टोलीसँग दुईवटा मैत्रीपूर्ण फुटबल म्याचका लागि प्रस्ताव गरिसकेको बताउँदै आगामी सेप्टेम्बरको २ र ७ मा खेल सञ्चालन हुने  एन्फाले जनाएको छ । राष्ट्रिय टोलीका खेलाडी अहिले घर बिदामा हुनुहुन्छ । बिदालगत्तै सबै खेलाडीको प्रशिक्षण पोखरामा शुरु हुने बताइएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …