तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य एव युवानेता  धनराज गुरुङले दार्चुला तुइन घटना व्यक्तिगत नभई सिंगो मुलुकसँग जोडिएकाले यसलाई व्यक्तिगत बनाउदा सिङ्गो मुलुक अन्यायमा पर्ने उल्लेख गरेका छन।

बिहीवार नेता गुरुङले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै जयसिंहले न्याय नपाउनु भनेको सिङ्गो मुलुकले अन्याय बेहोर्नु भएको बताए। उनले २०१६ सालमा हवलदार मारिएको मुस्ताङ घटनामा तत्कालिन प्रधानमन्त्री बिपी कोइरालाले चिनियाँ सरकारसँग सिधा कुरा गरेपछि चीनले माफी मागेको घटना सरकारलाई स्मरण पनि गराएका छन्।

गत साउन १५ गते व्यास गाउँपालिका-२ का मालका जयसिंह धामी सदरमुकाम खलङ्गामा महाकाली नदीमा बेपत्ता भएका थिए। भारतीय एसएसबीले तुइन तर्ने क्रममा तुइनको तार फुकालिदिँदा घटना घटेको बताइएको छ। यसको अनुसन्धानका लागि गृह मन्त्रालयले छानबिन समिति पनि बनाएको छ। टोलीले अहिले स्थलगत अवलोकन गर्नुका साथै सरोकारवालाहरुसँग छलफल गरिरहेको छ।

नेता गुरुङ्ले दार्चुलामा घटनाको आवश्यक छानविन गरी सत्यतथ्य पत्ता लगाउन प्रहरी र स्थानीय प्रशासनको ध्यान केन्द्रित गराउदै तत्काल घटना छानविन गरी वास्तविकता पत्ता लगाइ भारतीय एसएसबीले गरेको कार्यप्रति भारतसँग वार्ता गरेर दोषीमाथि कडा कारबाहीको माग गर्दै पीडित परिवारले  न्याय पाउनुपर्छ भन्दै सरकारको ध्यान आकर्शण गराउदै आईरहेका छन । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …