तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

गण्डकी । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामजी बराल(जीवन)ले प्रदेश बासीलाई कोरोनाविरुद्धको खोप उपलव्ध गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

जिल्ला समन्वय समिति कास्कीको पाँचौँ पदस्थापन दिवसका अवसरमा आज आयोजित अनुगमन डायरी लोकार्पण तथा शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले प्रदेशलाई चाहिने आवश्यक खोप उपलब्ध गराउन सङ्घीय सरकारसँग अनुरोध गरिएको जानकारी दिनुभयो । 

जिल्लाका विकास निर्माणको अनुगमनमा समन्वय समितिले  महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउँदै उहाँले यसलाई कानूनीरुपमा बलियो बनाउन सरकारको तर्पmबाट सक्दो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा मन्त्री बराललाई समन्वय प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गर्नुभयो । सो अवसरमा समन्वय समितिद्वारा तयार पारिएको अनुगमन पुस्तिकाको समेत लोकार्पण गरिएको थियो ।

गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापा, राजीव पहारी, मनबहादुर गुरुङ र मीना गुरुङले समन्वयको कार्यलाई प्रभावकारी बनाउन प्रदेश सरकारले आवश्यक पहल गर्नुपर्नेमा जोड दिँदै सरकारले जनतालाई खोप उपलव्ध गराउन ढिलाइ गरेकोमा चिन्ता व्यक्त गर्नुभयो । सीमित स्रोत साधन एवं संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले कानून नवनाउँदा अनुगमनमा देखिएका समस्याको समाधानमा अप्ठेरो पर्ने गरेको समन्वय प्रमुख क्षेत्रीले दुःखेसो व्यक्त गर्नुभयो ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, माछापुच्छे« गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ, समन्वय उपप्रमुख सावित्री भण्डारी, जिविस उपसभापति श्रीनाथ बराललगायतले अनुगमनका क्रममा देखिएको कमीकमजोरीको पाटोलाई कारवाहीको दायरामा ल्याउन कानूनी अभाव चुनौतीका रुपमा देखिएको धारणा राख्नुभयो । 

कृषि, पर्यटन, जलस्रोत, उद्योग र पूर्वाधार समन्वय र सहकार्यसहितको दिगो विकास, समृद्धि कास्कीको मूल आधार’ मुख्य नारासहित पदस्थापना दिवसका अवसरमा कार्यालय परिसरमा सरसफाइ, विगतमा रोपिएको बिरुवाको गोडमेल, अनुगमन डायरी लोकार्पण, सम्मानलगायतका कार्यक्रम गरिएको समन्वय अधिकारी नबराज बरालले जानकारी दिनुभयो । 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …