तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

कास्की। गण्डकी प्रदेशमा कृषि वस्तुको बीउ बिजन गुणस्तर मापन र परीक्षण गर्दै आएको बीउ बिजन प्रयोगशालाको नयाँ भवन निर्माण हुने भएको छ । पोखरा महानगरपालिका–१७ बिरौटामा निर्माण गरिने दुई तलाको सुविधासम्पन्न भवनको सोमबार गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले शिलान्यास गर्नुभयो ।

सङ्घीयता कार्यान्वयनपछि साबिकको जिल्ला कृषि विकास कार्यालयको साँघुरो भवनबाट सेवा प्रवाह गर्दै आएको प्रयोगशालाको सुविधासम्पन्न भवन निर्माणपछि काममा सहज हुने विश्वास लिइएको छ ।

प्रयोगशाला भवन निर्माणका लागि गत असार २२ गते जिएस इन्जिनीयरिङ एन्ड बिल्डर्स पोखरासँग रु एक करोड ६३ लाख लागतमा ठेक्का सम्झौता गरिएको प्रयोगशालाका प्रमुख एवं वरिष्ठ बाली विकास अधिकृत सुदीप खतिवडाले जानकारी दिनुभयो ।

पूर्वाधार विकास कार्यालय कास्कीको गत वर्षको स्वीकृत वार्षिक कार्यक्रमअनुसार निर्माण गरिने भवन विसं २०७९ पुस २२ गते भित्रमा निर्माणसम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको छ ।

प्रमुख खतिवडाका अनुसार दुई तलाको भवनमा तल्लो तलामा बीउ बिजनको प्रयोगशाला रहने र माथिल्लो तला प्रशासनिक कार्यमा प्रयोग गरिने छ । उहाँले भन्नुभयो, “विगतमा भैरहवा कार्यालयले हेर्ने गरे पनि दुई वर्षअघि गण्डकी प्रदेशमा प्रयोगशालाको कार्यालय स्थापना गरिएको थियो । साँघुरो र जीर्ण भवनबाट बीउ बिजन परीक्षण र प्रमाणित गर्ने कार्यमा समस्या भएकामा आफ्नै भवन बनेपछि सहज हुनेछ ।”

प्रयोगशालाले बीउ विश्लेषण तथा प्रमाणीकरण, प्रादेशिक बीउ उत्पादकहरुको अनुगमन तथा बीउ व्यापारीहरुको नियमन, रैथाने बाली र प्रजनन बीउ संरक्षण तथा सूचीकृत जातका बीउहरुको बजारीकरण गर्दै आएको बताइन्छ ।

कार्यक्रममा मन्त्री बुढाले निर्धारित समयभित्र भवन निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । गुणस्तरीय बीउको प्रमाणीकरणपछि मात्र कृषि उत्पादन वृद्धि गर्न सहयोग पुग्ने उहाँले बताउनुभयो । कार्यक्रममा मन्त्रालयका सचिव सवनम शिवाकोटीले बीउको प्रयोग गर्दा प्रयोगशालाबाट प्रमाणित ट्याग लगाइएको बीउ मात्र प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । रासस

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …