तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपालगञ्ज। बाँकेको डुडुवा गाउँपालिकाले यहाँ उत्पादित तरकारी तथा फलफूललाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय बजारमा पु¥याउन र त्यसको दिगो व्यवस्थापनका लागि शीतगृह निर्माण गर्ने भएको छ ।

गाउँपालिकाको सबैभन्दा ठूलो दोस्रो योजनाको रुपमा रहेको शीतगृहको निर्माण डुडुवा–६ हिरिमिनियामा सुरु भएको हो । सात सय मेट्रिक टन क्षमताको अत्याधुनिक उक्त शीतगृह भवनको बुधबार एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले पूजापाठ गरी शिलान्यास गर्नुभयो ।

करिब १३ कट्ठा जग्गामा रु छ करोड सात लाख ५४ हजारको लागतमा निमार्ण हुने शीतगृह अत्याधुनिक प्रविधिको हुनेछ । “हामीले सात सय मेट्रिक टन क्षमताको शीतभण्डारण निर्माण कार्य शुरु गरिसकेका छौँ”, गाउँपालिकाका अध्यक्ष चौधरीले भन्नुभयो, “आलुको पकेट क्षेत्र मानिएको हिरिमिनियाका किसानले उत्पादन गरेको तरकारी तथा फलफूल भण्डारणमा यसले सहयोग पु¥याउँछ ।” उहाँले आलुलगायतका तरकारी र फलफूल भण्डारण गर्नका लागि डुडुवाका किसानलाई विशेष फाइदा भएपछि कृषि उत्पादनमा वृद्धि तथा बजारीकरणको सम्भावना अझै बढने बताउनुभयो ।

शीतगृहसँगै, प्रशासनिक कार्यालय भवन, गेष्ट हाउस, शौचालय, पर्खाललगायतका संरचनासमेत निर्माण गरिने गाउँपालिकाका इन्जिनियर प्रकाश शाहीले बताउनुभयो । शीतगृहको निमार्णपछि डुडुवा गाउँपालिका तथा आसपासका पालिकाका किसान लाभान्वित हुने छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …