तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

महेन्द्रनगर। कात्तिकको पहिलो साता सुदूरपश्चिम प्रदेशमा गएको बाढी र डुबानबाट यहाँ अर्बौंको धानबाली क्षति पुगेको छ । सुदूरपश्चिम प्रदेश भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले दिएको जानकारीअनुसार बाढी र डुबानबाट सबैभन्दा बढी कैलालीमा रु चार अर्ब ६३ करोड ३४ लाख बराबरको धानबाली क्षति भएको छ ।

मन्त्रालयका सहायक सूचना अधिकृत टिकेन्द्र कुश्मीले दिएको जानकारीअनुसार कैलालीमा धानबाली लगाइएको ७८ हजार २५ हेक्टर क्षेत्रफलमध्ये ३९ हजार ३५६ हेक्टरको धान पूर्णरुपमा क्षति पुगेको छ । कैलालीमा २४ हजार २५४ हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा आंशिक क्षति पुगेको मन्त्रालयले जनाएको छ ।

कैलाली र कञ्चनपुर सुदूरपश्चिमको अन्न भण्डारका रुपमा चिनिने गर्दछन् । प्रदेश कृषि मन्त्रालयले यहाँका नौवटै जिल्लामा बाढी, पहिरो र डुबानबाट भएको क्षतिको लगत लिने कार्य अन्तिम चरणमा पुगिसकेको जनाएको छ ।

बाढीलगत्तै मन्त्रालयले प्रदेशभरको क्षति विवरण अनुमान गरेकामा यहाँ ४६ हजारभन्दा बढी हेक्टर क्षेत्रलफलमा लगाएको धानबालीमा क्षति पुगेको जनाइएको छ । “कैलालीको क्षति विवरण प्राप्त भए पनि अन्यत्रको आइसकेको अवस्था छैन्”, सहायक सूचना अधिकृत कुश्मीले भन्नुभयो, “प्रदेशभरमा अन्य बालीभन्दा भित्र्याउने बेलाको धानबालीमा अर्बांैको क्षति भएको छ ।”

त्यसैगरी कञ्चनपुरमा ४८ हजार हेक्टर क्षेत्रफलमा धानबाली गरिँदै आएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । कञ्चनपुरमा करिब १२ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा क्षति पुगेको जनाएको छ । कृषि ज्ञान केन्द्रले क्षतिको विवरण सङ्कलन गरिरहेको छ ।

ज्ञान केन्द्रका प्रमुख डा दिलबहादुर बिष्टले डुबानबाट सबैभन्दा बढी क्षति यहाँको दक्षिण क्षेत्र, शुक्लाफाँटा, बेदकोट र दोधारा चाँदनी नगरपालिकामा परेको बताउनुभयो ।

प्रदेश कृषि मन्त्रालयले यहाँ एक हजार दुई सय हेक्टरमा लगाएको आलु, आठ हजार ६०० हेक्टरमा लगाएको तरकारी बाली, तीन हजार १७४ हेक्टरमा लगाएको तोरीवाल र एक हजार ५०० हेक्टरमा लगाएको उखुखेतीमा क्षति पुगेको जनाएको छ । बेमौसमी वर्षाबाट पीडित किसान सरकारले राहत दिनुपर्ने माग गरिरहेका छन् । सरकारले पनि क्षतिलाई वर्गीकरण गरी सोही अनरुप राहत दिने गृहकार्य गरिरहेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …