तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ । ३२ औं ग्रिष्मकालीन ओलम्पिकको छैटौं दिन आज १७ स्वर्ण पदकको छिनोफानो हुने भएको छ ।

आजको खेलमा समग्रमा २४ खेलमा प्रतिस्पर्धा हुनेछन् । अन्य खेलहरुको समूह चरण वा नकआउट चरणका प्रतिस्पर्धाहरु भइरहेका छन् ।

आज आर्टिस्टिक जिम्न्यास्टिकको महिला अलअराउण्ड, क्यानोइ स्लालोमको महिला टिम, फेन्सिङमा महिला टिम फोइल, जुडोमा महिला ७८ केजीमूनि र पुरुष १०० केजीमूनि, रोइङमा पुरुष डवल, महिला डवल, पुरुष लाइटवेट डवल र महिला लाइटवेट डवल विधाको फाइनल हुँदैछ ।

त्यस्तै शुटिङमा महिला ट्र्याप, पुरुष ट्र्याक तथा टेवलटेनिसमा महिला एकलको स्वर्ण छिनोफानो हुनेछ । पौडीतर्फ आज एकै दिन पाँच स्पर्धाको फाइनल हुनेछ । पुरुष ८ सय मिटर फ्रिस्टाइल, पुरुष २ सय मिटर ब्रेष्टस्ट्रोक, महिला २ सय मिटर बटरफ्लाई, पुरुष १ सय मिटर फ्रिस्टाइल र महिला ४ गुणा २ सय मिटर फ्रिस्टाइल रिलेमा स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

छैटौं दिनसम्म पदक तालिकामा जापानले अग्रता बनाइरहेको छ । पावरहाउस टोलीहरु चीन र अमेरिकालाई पछि पर्दै जापानले पदक तालिकामा अग्रता बनाएको छ । उसले अहिलेसम्म १३ स्वर्ण, ४ रजत र ५ कांस्य जितेको छ । चीनले १२ स्वर्णसहित २७ पदक जितेको छ भने तेस्रो स्थानको अमेरिकाले ११ स्वर्णसहित सर्बाधिक ३१ पदक जितेको छ ।

रुस ओलम्पिक कमिटीले ७, अष्ट्रेलियाले ६, बेलायतले ५, दक्षिण कोरियाले ४, जर्मनी र फ्रान्सले ३–३ स्वर्ण पदक जितेका छन् । नेदरल्याण्ड्स, क्यानडा, हंगेरी, स्लोभेनिया, क्रोएसिया र कोसोभो गरी ६ देशले २–२ स्वर्ण जितेका छन् । एकमात्र स्वर्ण जित्ने देशको संख्या २२ छ । अहिलेसम्म ९८ स्वर्णको छिनोफानो भएको छ । नेपालप्रेसबाट

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …