तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। बद्रीविक्रम थापा स्मृति सेवा गुठीले यो वर्षको बद्रीविक्रम स्मृति पुरस्कार शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरिमञ्जुश्री र जीवनचन्द्र कोइरालालाई प्रदान गर्ने निर्णय गरेको छ ।

गुठीका अध्यक्ष सत्यमोहन जोशीको सभापतित्वमा हालै भएको बैठकले सम्मानपत्रसहित रु ५१ हजार राशिको उक्त पुरस्कार नेपाली बाङ्मयको श्रीवृद्धिमा गरेको योगदानको कदरस्वरुप प्रदान गर्ने निर्णय गरेको हो । श्री कोइरालालाई मराणोपरान्त उक्त पुरस्कार प्रदान गर्ने निर्णय भएको गुठीले आज जनाएको छ । भोलि सोमबार ललितपुरमा एक कार्यक्रम आयोजना गरी उक्त पुरस्कार प्रदान गरिनेछ ।

गुठीले बद्रीविक्रम माधुरी छात्रवृत्ति कोषमा रु १० लाख थपेर रु २५ लाखको अक्षयकोष खडा गर्ने निर्णय गर्नाका साथै बद्रीविक्रम थापा राष्ट्रिय योग पुरस्कारका लागि अक्षयकोष स्थापना गर्न रु पाँच लाख प्रदान गर्ने निर्णय पनि गरेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …