तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलले पार्टी ज्येष्ठ राजनीतिज्ञसभा सदस्य पृथ्वीबहादुर कार्कीको निधनप्रति दुःख व्यक्त गरेको छ । 

उहाँको उपचारका क्रममा यही वैशाख २७ गते निधन भएको हो ।

प्रमुख सचेतक बालकृष्ण खाणले आज शोक विज्ञप्तिमार्फत पार्टी ओखलढुंगाका पूर्वजिल्ला सभापति कार्कीको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । 

विसं २०१८ देखि कांग्रेसमा आबद्ध कार्कीले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नाका साथै पटकपटक कारागार जीवन व्यतीत गर्नुभएको उल्लेख गर्दै कांग्रेस संसदीय दलले उहाँको निधनबाट पार्टीले अपूरणीय क्षति पुगेको जनाएको छ । 

कांग्रेस संसदीय दलले आजै पूर्वसांसद, तत्कालीन संविधानसभा सदस्य, वाग्मती प्रदेशसभा सदस्य एवं नेकपा (एमाले) का नेता पशुपति चौलागाईँका उपचारका क्रममा मंगलबार भएको निधनप्रति दुःख व्यक्त गरेको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …