तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

रासस

कैलाली । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप ६  कोरोना सङ्क्रमितको  मृत्यु भएको छ ।  पछिल्लो पटक मृत्यु हुनेमा  धनगढी उपमहानगरपालिका–७ की ७७ वर्षीया र वडा नं १३ का २२ वर्षीय  छन् । महिलाको आज बिहान साढे २ बजे र पुरुषको सोमबार राति साढे ११ बजेको समय मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । यसैगरी दार्चुला, मालिकार्जुन गाउँंपालिका –८ का ६६ वर्षीय पुरुषको पनि एन्टिजेनबाट जाँच गर्दा रिपोर्ट पोजेटिभ आएकामा अस्पतालको आकस्मिक कक्षमा सोमबार राति ९ बजेका समयमा मृत्यु भएको छ ।

यस्तै कञ्चनपुर, भीमदत्त नगरपालिका –१२ घर भएका ७१ वर्षीय पुरुषको  अस्पतालको इमर्जेन्सी वार्डमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । एन्टिजेनबाट जाँच गर्दा रिपोर्ट पोजेटिभ आएकामा उनको आज बिहान ३ बजेका समयमा मृत्यु भएको हो ।

यस्तै बझाङका २६ वर्षीय पुरुषको पनि यही वैशाख १४ गते एन्टिजेनबाट जाँच गर्दा रिपोेर्ट पोजेटिभ आएकामा इमर्जेन्सी वार्डमा सोमबार राति साढे १० बजेका समयमा मृत्यु भएको जनाइएको छ । सेतीमै उपचाररत बर्दियाका ३० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । सोमबार श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । पिसिआर रिपोर्ट पोजेटिभ आएकामा राति २ बजेका समयमा उपचारका क्रममा उनको मृत्यु भएको  जोशीले बताए ।

 

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …