तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

सुशील सुवेदि

सिन्धुपाल्चोक । जिल्ला समन्वय समितिको पहलमा शुक्रबार सिन्धुपाल्चोकले स्वास्थ्य सामग्रि पाउने भएको छ ।

जिल्लामा कोरोना भाइरस कोभिड १९ को संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि स्वास्थ्य सामग्रि समेत अभाव हुने स्थिति आउन नदिन जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङले उद्योगि तथा व्यवसायीहरुसँग सहयोगको लागि अपिल गर्नुभएको थियो ।

यहि जेठ २ गते बसेको बैठकमा जिसस प्रमुख तामाङले जिल्लामा स्वास्थ्यका सामग्रि सहयोग गरिदिन व्यवसायीहरुसँग अपिल गर्नुभएको थियो ।

नेपालकै प्रसिद्ध शिल्क ट्रान्सपोर्ट कम्पनीले जिल्लामा आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउने प्रतिबद्धता अनुसार शुक्रबार सामग्री वितरण गर्न लागिएको शिल्क ट्रान्सपोर्ट कम्पनीका अध्यक्ष रमेश लामाले बताउनुभयो ।

प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा, पूर्व मन्त्री द्धय शेर बहादुर तामाङ, मोहन बहादुर बस्नेतको उपस्थितिमा ३ लाख सर्जिकल मास्क, १ सय थान अक्सिजन सिलिण्डर, ४० हजार पिस एन ९५ मास्क, सेनिटाइजर १ हजार लिटर , चस्मा, पिपिइ सेट , पञ्जा लगायतको अत्यावश्यक स्वास्थ्य सामग्रि सहयोग गर्न लागिएको लामाले जानकारी दिनुभयो ।

समन्वय समितिका प्रमुख तामाङले प्राप्त भएको स्वास्थ्य सामग्री सबै पालिकाको वडा वडामा पुग्नेगरि जोखिमको अवस्था हेरि वितरण गरिने बताउनुभयो ।

नयाँ  भेरिएण्टको कोरोना भित्रिएसँगै जिल्लामा कोरोना संक्रमितको संख्या उल्लेख्य रुपमा वृद्धि भएपछि कारोना रोकथाम तथा नियन्त्रणका लागि आफु सक्रिय भएर लागि रहेको प्रमुख तामाङले बताउनुभयो ।

यसअघि तामाङकै पहलमा पनि जिल्लाको मेलम्ची नगरपालिकाको फड्केश्वर र वनदेउमा होल्डिङ सेन्टर राखेर जिल्ला प्रवेश गर्नेहरुको लागि स्वास्थ्य परिक्षणको व्यवस्था मिलाइएको छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …