तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

सिमकोट । हुम्लाका अधिकांश गाउँपालिकामा कोरोनाको लक्षण विनाका सङ्क्रमितहरु देखिन थालेका छन् । दोस्रो लहरपछि यहाँ लक्षण विनाका बिरामी देखिन थालेका हुन् ।

एन्टिजेन विधिबाट परिक्षण गर्दा कोरोना पुष्टि भएपनि दश दिन आईसोलेसनमा बस्दा सङ्क्रमितहरु लक्षण विनाका देखिएका छन् ।सङ्क्रमित पुष्टि भएका जिल्लाका अधिकांश व्यक्तिहरु लक्षण नभएको देखिएको जिल्ला अस्पतालका चिकित्सक टासी आङ्जु लामाले बताए ।

कोरोना भएर आइसेलेसनमा बस्दै आएका सङ्क्रमित नौ देखि दशदिनमा घर फर्किने गरेको र आइसोलेसन अवधिमा उनीहरुमा कुनै पनि कोरोनाको लक्षण नदेखिएको चिकित्सक लामाले बताए ।

जिल्लाका सात वटै गाउँपालिकामा एन्टिजेन किटबाट एक हजार दुई सय जनाको परिक्षण गर्दा १ सय ७५ जनामा कोरोना पुष्टि भएको थियो । त्यसमा १ सय २४ जनामा लक्षण नदेखिएको उनले बताए । कोरोना पुष्टि भएका मध्ये छ जनालाई अक्सिजनको आवश्यकता परेको र १५ जनालाई सामान्य रुघाखोकी, ज्वरो आउने समस्या देखिएको उनले बताए ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …