तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

इटहरी । सरकारले सबै पठनपाठन तथा सञ्चालन भइरहेका परीक्षाहरु समेत तत्कालका लागि स्थगित गर्न निर्देशन दिएपनि इटहरीका निजी विद्यालयले भने अटेर गरेको पाइएको छ ।

इटहरी उपमहानगरपालिका क्षेत्रमा रहेका अधिक निजी विद्यालयहरुले भने घरमै प्रश्नपत्र लगेर परीक्षा गराउन भन्दै परीक्षा सञ्चालन गरेको पाइएको हो । केहीले भने विद्यालयमै परीक्षा सञ्चालन गराइएको समेत पाइएको छ । कोरोना महामारीले विद्यालय थलिएको भन्दै घरमै परीक्षा गराएर शुल्क उठाउने नियत रहेको अभिभावकहरुले गुनासो गरेका छन् ।

कतिपय विद्यालयहरुले विद्यालयमै लुकीलुकी परीक्षा सञ्चालन गराइरहेका छन्, प्रशासनलाई के थाहा हुन्छ ?,’ इटहरीका एक निजी विद्यालयमा आफ्नी छोरी अध्यापन गराउँदै आएका अभिभावकले नाम नखुलाउने शर्तमा भने, ‘हामीलाई घरमै परीक्षा लेखेर ल्याउनु भन्दै प्रश्नपत्र दिएको छ, घरमै परीक्षा लेखेर ल्याउनुपर्ने दिन पनि आयो ।’

उनी एक प्रतिनिधि पात्र मात्र हुन् । इटहरीमा रहेका धेरैजसो निजी विद्यालयले सरकारले दिएको निर्देशनको अवज्ञा गर्दै हाल घरमै बसेर परीक्षा लेख्न भन्दै विद्यालयमै अभिभावक बोलाएर प्रश्नपत्र दिने गरेपनि स्थानीय सरकार मुकदर्शक जस्तै बनेको छ ।

इटहरी उपमहानगरपालिका शिक्षा शाखाका अनुसार इटहरीमा हाल एक सय २२ वटा निजी विद्यालय सञ्चालनमा रहेका छन् । ती मध्ये अधिक विद्यालयले भने सरकारको आदेशको बेवास्ता गर्दै अभिभावकहरुलाई विद्यालयमै बोलाएर प्रश्नपत्र दिएर घरमा परीक्षा गर्न भनेका छन् । त्रिभुवन विश्वविद्यालयको भइरहेको परीक्षा समेत स्थगित भएका बेला यहाँका विद्यालय सञ्चालकहरुले मनोमानी गर्दै घरमै बसेर भएपनि परीक्षा सञ्चालन गराइरहेपनि स्थानीय सरकार मुकदर्शक बनेको अभिभावकहरुको गुनासो छ ।

राजधानी दैनिकका अनुसार चारदिन अगाडि मात्रै पनि इटहरी उपमहानगरपालिकाले विद्यालय बन्द रहेको सूचना जारी भएको थाहा भएपनि प्रश्नपत्र निर्माण गरी अभिभावकहरुलाई विद्यालयमा बोलाएर प्रश्नपत्र दिइ घरमै बसेर परीक्षा गराउने कार्य तत्काल नगर्न निर्देशन दिएको थियो । उपमहानगरले एक सूचना जारी गर्दै भनेको छ – ‘पुनश्चः निर्देशनको अवज्ञा गरी विद्यालयहरुले परीक्षाको नाममा कुनै पनि कार्य गरी समस्या सृजना भएमा विद्यालय स्वयम् जिम्मेवार हुने व्यहोरा समेत जानकारी गराइन्छ ।

कोरोनाको दोस्रो लहरका कारण संक्रमण फैलिएसँगै गत वैशाख ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले देशैभरका सबै पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो ।

इटहरीका धेरैजसो निजी विद्यालयले हाल परीक्षा गराइरहेपनि केहीले भने अनलाइनबाट परीक्षा गराउने तयारी पनि अघि सारेका छन् । ‘परीक्षा नगरी अभिभावकले शुल्क नतिर्ने भएकाले निजी विद्यालयको समस्या छ,’ एक विद्यालयका शिक्षकले भने, ‘तर यस्तो जोखिमको समयमा शुल्क भन्दा पनि मानवीयता हेर्नुपर्ने हुन्छ ।’

यता, सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भौतिक रुपमा उपस्थित भएर परीक्षा मात्रै नभइ अन्य कुनै काम गर्न नपाइने प्रतिक्रिया दिए । ‘इटहरीमा त्यो किसिमको छ भने कारबाही हुन्छ,’ उनले फोन सम्पर्कमा राजधानीसँग भने, ‘अनलाइनबाट जाँच लिन पाइन्छ, तर भौतिक रुपमा उपस्थित हुन पाइदैँन ।’ उनले मन्त्रिपरिषद्को निर्णय नै सर्वमान्य हुने र त्यसलाई कार्यान्वयन गराउन आफूहरु लागि परेको बताए । उनले भने, ‘हामीले क्याबिनेटको निर्णयलाई कार्यान्वयन गराउने हो, भौतिक रुपमा कुनै पनि विद्यालय खोल्न पाइदैँन ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …