तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व भएको बताउनुभएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले संसदीय प्रणालीविरुद्ध राष्ट्रिय÷अन्तर्राष्ट्रिय रुपमा षड्यन्त्र भइरहेको त्यसलाई बचाउन सबै लाग्नुपर्ने बेला आएको बताउनुभएको छ ।

कांग्रेस ७० वर्षदेखि संसदीय प्रणालीको पक्षमा लडेको स्मरण गर्दै वरिष्ठ नेता पौडेलले भन्नुभयो, “आज त्यही प्रणाली जोगाउने प्रमुख सबाल हो, त्यसका लागि सबैले प्रयत्न गर्नुपर्छ ।” वरिष्ठ नेता पौडेलले सत्ताभन्दा व्यवस्था महत्वपूर्ण भएकाले सत्ताका लागि भन्दा व्यवस्थाका लागि बढी चिन्ता गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रको नेतृत्व गर्ने पार्टी चाहिएको भन्दै वरिष्ठ नेता पौडेलले कांग्रेसलाई जनताको भरोसाको पार्टी बनाउन आवश्यक रहेकोमा जोड दिनुभयो । कांग्रेसले जे बोल्छ त्यसो बोल्दा जनतामा भ्रम पर्न नहुने उहाँको भनाइ थियो । “कांग्रेसलाई व्यक्ति पूजा गर्ने प्रवृत्तिबाट पनि बचाउनु छ, कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउनु पर्नेछ,” पौडेलले भन्नुभयो ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …