तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ । नेपालमा पछिल्लो समय देखा परेको कोरोना भाइरस (कोभिड–१९)को यूके भेरियन्टको भाइरसले पहिले देखिएभन्दा बढी सङ्क्रमण फैलाइरहेको पाइएको छ । यो भाइरसको भेरियन्ट भारतबाट सीमा नाका हुँदै नेपाल भित्रिएको हो । 

भारतका मुख्य सहर मुम्बईमा सङ्क्रमण फैलिएपछि अहिले कफ्र्युसम्म लगाउने अवस्थामा पुगेको छ । भाइरस सङ्क्रमण रोक्न अन्य मुख्य प्रान्तका सहरमा पनि कफ्र्यु लगाइएको छ तर नेपालमा यस भाइरसप्रति बेवास्ता गर्ने क्रम बढेकाले पनि दिनानुदिन सङ्क्रमितको सङ्ख्या बढ्दै गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले जानकारी दिनुभयो । 

हाल देखिएको भाइरसको सर्ने क्षमतालाई मानिसले नै बढावा दिइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जुन स्वरूपको भाइरस भए पनि सावधानी छाड्नु हुन्न थियो तर जमघट गर्ने, मास्क नलगाउने, हिँडडुल बढी गर्न थालेकाले समस्या बढ्दै छ ।

सीमा नाकाबाट नेपाल भित्रिएका तीन जना नेपालीको स्वाब परीक्षणपछि यूके भेरियन्टको नयाँ स्वरूप भएको कोरोना भाइरस नेपाल भित्रिएको पत्ता लागेको हो । यो करिब तीन महिनाअघि नेपाल भित्रिएको अनुमान गरिएको छ । त्यसको तीन महिनापछि कैलालीको त्रिनगर नाका हुँदै नेपाल भित्रिएका कञ्चनपुर, डोटी र डडेल्धुराका तीन जना नेपालीको परीक्षण गरिएपछि यो स्वरूपको भाइरस पत्ता लागेको हो । 

यसको जिन सिक्वेन्सको परीक्षणले पहिले देखिएभन्दा फरक एस जिन नेगेटिभ रहेको पाइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ । अस्पतालका अनुसार नयाँ स्वरूप पत्ता लगाउन एन्टिजेन परीक्षण आवश्यक मानिन्छ । त्यस विधिबाट सीमा नाका हुँदै भित्रिएका तीन हजार ४७३ जनाको परीक्षण गर्दा १४३ जनामा कोरोना भएको फेला परेको थियो ।

यो स्वरूप नेपालमा देखिएलगत्तै अस्पतालले स्वास्थ्य मन्त्रालय र सरोकारवाला निकायलाई कडाइ गर्न घच्घच्याइरहेको अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले बताउनुभयो । उहाँका अनुसार यो स्वरूपको कोरोना भाइरसमा सर्ने सम्भावना अति नै बढी छ । उहाँले भन्नुभयो, “यसका सङ्क्रमितसँग अलिक नजिक रहेका करिब २५ जना मानिसलाई तीन–चार घण्टाभित्र एकैचोटि सार्न सक्ने क्षमता हुन्छ ।

अस्पतालले गरेको कन्ट्याक ट्र््याकिङका क्रममा एउटा भोजमा गएका एक सङ्क्रमितले चार घण्टा भोज खाने स्थानमा बिताउँदा १८ जनालाई कोरोना सङ्क्रमण सारेको फेला पारिएको जानकारी उहाँले दिनुभयो ।पहिले देखिएको कोरोना भाइरसभन्दा छिटोछिटो सर्ने प्रकृतिअनुसार ७० प्रतिशत सर्ने सम्भावना रहन्छ । यस भेरिएन्टको भाइरसमा भाइरल लोड अर्थात् भाइरसको घनत्व बढी देखिएको छ । 

डा. राजभण्डारीले भन्नुभयो, “सङ्क्रमितले खोक्दा वा हाछिऊँ गर्दा धेरैलाई भाइरस सर्न सक्ने सम्भावना बढी छ अनि यसको लक्षण पहिलेको भन्दा केही कडा प्रकृतिको छ । ” भारतबाट भित्रिएको हुनाले यूके भेरियन्टभन्दा पनि यसलाई इन्डियन भेरियन्ट भन्नु नेपालमा उपयुक्त हुनेछ । किनभने भारतमा यूकेसँगै अफ्रिकी भेरियन्ट भाइरसको सङ्क्रमण बढी देखिएको छ । 

उहाँका अनुसार यसको जिन सिक्वेन्स विश्लेषण गर्दा प्रायः तीनवटा जिन एन जिन, ओआरएच र एस जिनका आधारमा विश्लेषण गरिन्छ । अघिल्लो दुईवटा जिनको विश्लेषण नेपालकै प्रयोगशालामा हुन्छ । एस जिन परीक्षण गर्ने मेसिन आएको छ तर किट र दक्ष जनशक्ति नेपालमा छैन । राजभण्डारी भन्नुहुन्छ, “त्यो जिनको भाइरस रहेको शङ्का लागेमा परीक्षण गर्न हङकङ नै पठाउने हो, यहाँ हुँदैन, त्यहीँबाट आएको रिपोर्ट नै मान्य हुन्छ । 

प्रायः भाइरसमा देखिने स्वरूप यसको प्रोटिनको स्तरमा आउने स्तरले निर्धारण गर्छ । प्रोटिनको स्तरमा फरकपन आउनेब्त्तििकै भाइरसको स्वरूपसमेत परिवर्तन हुँदा परीक्षण गर्न, खोप बनाउन र अध्ययन गर्न फरक मोडेल र प्रविधिको आवश्यकता पर्छ । यो वा पहिलेको कोरोना भाइरस जुन प्रकृतिको भए पनि जोगिने उपाय भनेको एउटै सावधानी अपनाउनु नै हो । एउटा विकल्पका रूपमा खोप रहेकाले हरेक चरणको खोप पूरा लगाउन उहाँले आग्रह गर्नुभयो । 

लक्षण देखिएकाले परीक्षण गर्ने, लक्षण भेटिए आइसोलेसनमा बस्ने र लक्षण नदेखिए पनि सङ्क्रमितसँग नजिक भएकाले १० दिन आइसोलेसनमा बस्न उहाँ सुझाउनुहुन्छ । सामाजिक दूरी कायम गर्ने, नयाँ वर्षमा भोजभत्तेर र राजनीतिक सभा सम्मेलन समारोह नगर्ने र मास्क अनिवार्य लगाउनमा कडाइ गर्नुपर्ने उहाँ सुझाउनुहुन्छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रमुख रुना झाले भने भाइरसको स्वरूपमा केही केही फरक रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “भाइरसले क्षणक्षणमा आफ्नो स्वरूप परिवर्तन गरिरहन्छ तर जे भए पनि यो कोराना भाइरस नै हो । ”

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …