तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

छापाबाट

काठमाडौँ । कक्षा ११ को परीक्षा सञ्चालन तथा नतिजा गर्ने जिम्मेवारी सम्बद्ध विद्यालयलाई नै दिइएपछि त्यसको गुणस्तर कायम राख्न चुनौतीपूर्ण हुने देखिएको छ । 

यसअघि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन, नतिजा प्रकाशन गर्ने गरेकोमा यस वर्षबाट विद्यालयमा जिम्मेवारी आइपुगेपछि त्यसलाई विद्यालयहरूले कसरी सदुपयोग गर्न सक्नेछन् भन्नेमा सरोकारवालाले चासो लिएको पाइएको छ । त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हरेम्ब कँडेल कक्षा ११ को सबै खालको मूल्याङ्कन विद्यालयलाई दिनु सकारात्मक भएको तर केही वर्ष यसको व्यवस्थापन गर्न विद्यालयहरूले मेहनत गर्नुपर्ने बताउनुभयो । 

विद्यार्थीको नियमितता, अनुशासन, परियोजना कार्य, परीक्षाको व्यवस्थापनमा ध्यान दिनुपर्ने उहाँ बताउनुहुन्छ । यसका साथै विद्यालयले परीक्षा लिने भएपछि नपढे पनि पास भइन्छ भन्ने मानसिकता विद्यार्थीमा बढ्दै गएको र यसले अल्छिपन बढाउन सक्ने खतरा उहाँले औँल्याउनुभयो । यसबाट विद्यार्थीलाई माथिल्लो तहको पठनपाठनमा समस्या पर्ने उहाँ बताउनुहुन्छ ।

राजधानीको जनपथ माध्यमिक विद्यालयका प्रधानाध्यापक जितबहादुर लामिछानेले विद्यालयलाई नै यसको जिम्मेवारी दिएपछि कसरी गुणस्तर कायम गर्न सकिन्छ भन्नेमा चिन्ता बढेको बताउनुभयो । खासगरी विद्यालयमै अन्तिम परीक्षा सञ्चालन गर्नुभन्दा केही विद्यालयले साझा रूपमा परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्ने की भन्ने विषयमा प्रअहरूसितसमेत छलफल भइरहेको जानकारी उहाँले दिनुभयो । 

कक्षा ११ को पठनपाठन र परीक्षा बिग्रेको अवस्थामा त्यसको सीधै असर कक्षा १२ मा पर्ने भएकाले त्यसमा चनाखो हुनुपर्ने आवश्यकता औँल्याइएको छ । यसपटक सरकारले कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गरेको छ । यसैपटकबाट कक्षा ११ मा तीनवटा अनिवार्य र तीनवटा ऐच्छिक गरी छवटा विषयको पठनपाठन सञ्चालन गर्न सुरु गरिएको छ । 

नयाँ पाठ्यक्रम लागू भएकै अवस्थामा गत महिनाबाट अनिवार्य विषयमा समेत हेरफेर गरिएको छ । सामाजिक अनिवार्य विषय कायम गरिएकोमा त्यसको सट्टा गणित पढ्न सक्ने सुविधा विद्यार्थीलाई दिइएको छ । यसपटक विषय परिवर्तनको समस्याले पनि केही अलमलमा पारेको सम्बद्ध सरोकारवालाहरूको भनाइ छ । 

नेपालटारस्थित एनआर कलेजका क्याम्पस प्रमुख राजिप धिताल कक्षा ११ मा विद्यार्थीको गुणस्तर कायम गर्न विद्यार्थी आफैँले मेहनत गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले सरकारले कक्षा ११ का विद्यार्थीको मूल्याङ्कनको सबै जिम्मेवारी विद्यालयलाई नै दिने निर्णय गरेको स्पष्ट गर्दै अब त्यसको गुणस्तर कायम गर्ने चुनौती थपिएको बताउनुभयो । 

विद्यालयका प्रधानाध्यापक, शिक्षक, जिम्मेवार हुने हो भने परीक्षा मर्यादित रूपमा सञ्चालन गर्न सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो । विद्यालयले जे गरे पनि हुन्छ भन्ने मान्यता हटाए कक्षा ११ को परीक्षाको गुणस्तर कायम राख्न सकिने उहाँको भनाइ छ ।गोरखापत्र दैनिकमा खबर छ ।

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …