देशको सबैभन्दा ठुलो राजनीतिक पार्टी ( नेपाल कम्युनिष्ट पार्टी ) नेकपाका दुई अध्यक्षद्धय क. पुष्पकमल दाहाल प्रचण्ड र अर्का क. केपी शर्मा ओलीको आन्तरिक राजनीतिक किचलोको कारण फुटेसंगै देशको राजनीति तरंगित बनेको छ ।
अझ सर्वोच्च अदालतले पुर्व एमाले र पुर्व माओवादी ब्युँताईदिएसंगै अबको सरकार कसको नेतृत्वमा बन्ने भन्नेमा धेरै भन्दा धेरैको ध्यान गईरहेको छ ।
दुई तिहाई बहुमतसहित पांच वर्षको लागि यात्रा तय गरिसकेको नेकपाले यसरि बिचमा नै फुटको राजनीति देखाएपछी जनताको आस्था र विश्वास कहिल्यै पनि नपलाउने गरि टुटेको प्रष्ट देख्न सकिन्छ ।
देशका नागरिकले अस्थिर राजनीतिको अनुभव गर्न नपाउनु अहिलेको ठुलो विडम्बना हो । नेकपाको सरकार बनेसंगै जनताहरुले अस्थिर राजनीतिको अनुभव गर्न पाउने आशा पलाएको थियो तर देशका राजनीतिज्ञहरुले जनताको मर्म र भावना नबुझेपछि जनताहरुको अस्थिर राजनीति देख्न पाउने सपना बिचैमा तुहेको छ ।
देश राजनतिक संकटको दलदलमा फंसेको छ, यसलाई माथि उठाउनको लागि कुशल नेतृत्व गर्ने शासक आवश्यक परेको छ । नेकपा फुटेर साविककै एमाले र माओवादीमा रुपान्तरण भएपश्चात अब देश बनाउनको लागि नयाँ सरकार गठबन्धन गर्नुपर्ने आवश्यकता देखिएको छ ।
नयाँ सरकार बनाउने विषयमा आजकल दैनिकजसो विभिन्न पार्टीहरुबीच भेला र छलफल चलिरहेको नै छ । आफ्नो पक्षमा सांसदहरु जुटाउने कसरतमा नेताहरु लागिपरेका छन् । तर कसले कसको नेतृत्वमा बनाउने भन्ने कुराको ठोस निष्कर्षमा अहिलेसम्म कुनै पार्टी पुग्न सकिरहेका छैनन् ।
पछिल्लो राजनीतिक घटनाक्रमलाई पर्ख र हेरको अवस्थाबाट नियालिरहेको नेपाली कांग्रेस अब भने आफू नेतृत्वको सरकार गठनका लागि तातेको छ । सभापति देउवाले फेरि पनि प्रधानमन्त्री बन्नका लागि पार्टीभित्र र बाहिरबाट ‘ग्रीन सिग्नल’ पाएका छन् ।
अब सत्ताको साँचो कांग्रेसको हातमा हुनुपर्ने भन्ने तर्क आजकल धेरै सांसदहरुले गर्न थालेका छन् । नेपालि जनताको हकहित र देश विकास तथा राम्रो काम गर्नको लागि कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने कुरामा आजकल कम मतभेद देखिन थालिएको छ ।
पछिल्लो समय प्रमुख प्रतिपक्षी दल नेपालि कांग्रेस सरकारमा जाने भन्ने विषयले बजार तातेको छ, तर कांग्रेसका सभापति शेरबहादुर देउवा भने यस विषयमा तटस्थ देखिएका छन् । प्रधानमन्त्री पद पाए नछोड्ने तर त्यहि पदको लागि मरिहत्ते नगर्ने भन्ने उनको पवित्र तर्क छ । त्यस्तै कांग्रेसका अन्य नेताहरुले पनि अहिले नै कांग्रेस सरकारमा जान नहुने तर्कहरु दिंदै आएका छन् ।
कांग्रेसले यतिबेला नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, जनता समाजवादी भित्र पनि चलिरहेको अन्तरसंघर्षलाई नजिकबाट नियालिरहेको छ भने, उनीहरुको राजनतिक अडान बुझ्नको लागि भित्रभित्रै जासुसी पनि गरिरहेको छ ।
कांग्रेसका शिर्ष नेताहरुको धारणा फरक फरक भएपनि उनीहरुको एउटा साझा धारणा भनेको प्रधानमन्त्रीलाई बिदाई गर्ने नै रहेको छ । नेपालि कांग्रेसले प्रतिगमनतर्फ कदम, असंवैधानिक कदम चालेका तथा सत्तामा शासन गर्नका लागि नैतिक रूपमा गम्भीर प्रश्न उठिसकेको प्रधानमन्त्री जीलाई विदाई गर्ने कुरालाई प्रधानरूपमा लिईराखेको छ ।
कम्युनिष्ट पार्टीको गैरकम्युनिष्ट आचरणबाट पछिल्लो समय देशका नागरिकहरु विचलित बनेका छन् । देशलाई सहि दिशामा लैजानको लागि सारा जनताहरुले कम्युनिष्ट पार्टीको विकल्प पनि खोजिरहेको प्रष्ट देख्न सकिन्छ । यसको मतलब देशावासिहरुले फेरी एकपटक कांग्रेसको शासन देख्न चाहन्छन ।
त्यसैले नेपालि जनताहरुको कांग्रेसमा विश्वास देखिएसंगै अबको शासनसत्ता कांग्रेसको हातमा पुग्नपर्छ भन्ने कुरामा सब्नैको मत छ ।
एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् । रूसी आक्रमण सुरु भएदेखि …
बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …
चितवन। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेसलाई अङ्कुश लगाउने ऐन खारेज गरिने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको …
सप्तरी। सप्तरीको राजविराजमा आज आयोजित एक कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झालाई लक्ष्मी–मुक्ति स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल पत्रकार महासङ्घ सप्तरीमा आयोजित …