तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

आगमनखबर संवाददाता

नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सीमा संशोधन गर्दै दोब्बर बनाएपछि कारोबारमा सहजता हुने भएको छ । बैंकिङ कारोबारमा सीमितता रहँदा कारोबार गर्न व्यवसायीलाई समस्या पर्दै आएको थियो । केन्द्रीय बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट र एकाउन्ट ट्रान्सफर) को अधिकतम सीमा दोब्बर गरेको हो ।

१० लाख बढी नगद कारोबारमा कडाइ गरेको राष्ट्र बैंकले विद्युतीय माध्यममा पनि अधिकतम १० लाख मात्र गर्दा व्यापारीलाई भुक्तानी दिन असहज हुँदै आएको थियो । विद्यतुीय कारोबारलाई अझ सहज बनाउन र व्यवसायीलाई भुक्तानी कार्य सहज बनाउन इन्टरनेट बैंकिङबाट पैसा ट्रान्सफर गर्दा अधिकतम २० लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सकिने भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अब मोबाइल बैंकिङबाट प्रतिदिन २ लाख, मर्चेन्ट बैंकिङबाट प्रतिदिन २० लाख र एकाउन्ट ट्रान्सफर २० लाख रुपैयाँको अधिकतम सीमा कायम गरिएको छ ।

-राजधानी दैनिक

सम्बन्धित पोष्टहरू
पत्रपत्रिका

एनआरएनए नेतृत्वको जिम्मेवारी महेशकुमार श्रेष्ठ

काठमाडौं । वैदेशिक रोजगारीमा जान नेपालीको नियती र बाध्यता दुवै हो। रोजगारी बन्दै गएको छ। २०४२ सालमा वैदेशिक रोजगारसम्बन्धी ऐनको व्यवस्था भएपछि बिदेसिनेको सङ्ख्या बढ्दै …

इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल फर्किदै

काठमाडौ । इजरायलबाट २५० जना नेपाली विद्यार्थीहरु आज नेपाल आउदै छन। इजरायलस्थित तेलअभीभ विमानस्थलमा रहेका नेपाली विद्यार्थीहरू नेपाल आउनका लागि विमान चढिसकेका छन् । उनीहरुलाई …

यूक्रेन युद्ध: सरदर ‘हरेक सेकेन्ड’ मा एक नाबालक शरणार्थी बन्दै

एजेन्सी ।यूक्रेनमा प्रति सेकेन्ड झन्डै एक बच्चा युद्धको कारण शरणार्थी बन्न थालेको संयुक्त राष्ट्र मानवीय संघसंगठनहरूले बुधबार जानकारी गराएका छन् ।  रूसी आक्रमण सुरु भएदेखि …

रानीमहल र श्रीनगरमा पनि बतास : स्वार्थ नमिल्दा पछि हट्यो

बतासले रेस्टुरेन्टलगायतका संरचना बजारनजिक र डाँडाको खाली भागमा बनाउन माग गरेको थियो पाल्पा । तानसेनको श्रीनगरडाँडा र रानीमहल क्षेत्र सञ्चालन तथा व्यवस्थापनबाट बतास समूह पछि …